मौन समयमा भोट माग्दै हिडेका गगनलाई एमाले कार्यकर्ताले लखेटेपछि…


वैशाख ३० । निर्वाचन आचारसंहितको उल्लङ्घन गर्दै स्वास्थ्य मन्त्री गगन थापा कार्यकर्ताको घरदैलोमा भोट माग्न पुगेपछि उनलाई एमाले कार्यकर्ताले लखेटका छन् ।

मन्त्री पदको दुरुपयोग गर्दै उनी शनिबार विहान कपनमा कार्यकर्ताको घरदैलोमा भोट माग्न पुगेका बेला उनीहरुले लखेटेका हुन् । उनी कार्यकर्ताको आँखा छल्न निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनमा उनी त्यही क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी यसरी चुनावमा मतदातालाई प्रभावित पार्दै हिडेपछि मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले सुकेधारासम्म लखेटेका हुन् ।

थापा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । मन्त्री थापाले आफूलाई एमाले कार्यकर्ताले लखेटेपछि आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको झुट्टो प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्