मौसमविद भन्छन : आज र भोली भारी वर्षा हुनसक्छ


काठमाडौं, २८ असार। मौसम पूर्वानुमान महशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज विशेष गरेर पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा ठूलो भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना पनि देखिएको छ ।

भोली

मौसमविद् अर्यालका अनुसार भोली दिउँसो देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्वी, पहाडका केही ठाउँमा भारी वर्षा हुनेछ । भोली राति पनि प्रायः सबै क्षेत्रमा व्यापक वर्षा जारी रहनेछ । पूर्व र मध्य क्षेत्रका पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्