निताले म्यासेज रिप्लाई नगर्दा एक फ्यान दुर्घटनामा परे


नायक र नायिका भन्ने वित्तिकै दर्शकले रुचाएका पात्र हुन । हिरो या हिरोइनले के खान्छन, के लगाउछन, कस्ता साथी बनाउछन, घुम्न जादाँ कस्ता ठाउँ बढी जान्छन भन्ने आम मानिसमा चासोको विषय पक्कै हुन्छ । सबैले चिन्ने भएकाले व्यक्तिगत कुरा गोप्य राख्न पनि नायक नायिकालाई हम्मे नै पर्ने गर्छ । नायिका निता ढुंगाना पनि फ्यानहरुले गर्ने विभिन्न कामले रमाइलो लाग्ने बताउछिन । उनका कतिपय विर्सना नसक्ने फ्यान छन । उनी चार कक्षा पढ्दादेखि नै लभ लेटर आउथ्यो , त्यो क्रम अहिलेसम्म पनि जारी छ । हिरोइन भएपछि त झन बढी नै आउन थाले । उनी एक घटनाको स्मरण गर्दै भन्छिन ‘एक फ्यान त दुर्घटनामा नै पर्नु भएको छ , मैले राम्रोसँग नबोलेर हुन सक्छ, म्यासेज गर्नुभएछ मैले विजी भएर त्यसको उत्तर दिइन तर पछि थाहा भयो उ हस्पीटलमा छ भनेर, हस्पीटलको बेडबाट फोटो आयो । उसको आमाले मलाई फोन गरेर गाली गर्नुभयो । अहिलेपनि विभिन्न फ्यानबाट थाहा नै नपाई घरमा फुलहरु आइरहन्छन । त्यती मात्र होइन विभिन्न गिफ्ट पनि सरप्राइजको रुपमा घरमा आइरहन्छ । मलाई फलो गर्ने फ्यानलाई म कहाँ बस्छु भन्ने थाहा छ, त्यही भएर होला लभ लेटर, जन्मदिनमा फुलहरु अहिलेपनि आइनै रहन्छन । मलै बिर्सनै नसक्ने भनेको चितवनका फ्यान दुर्घटना परेको क्षण हो । मेसेन्जरमा धेरै कुरा गर्न खोज्ने भएकाले मैले वास्ता गरिन पछि हस्पीटलमा हातमा व्यान्डिज गरेर फोटो खिचेर पठाउनु भएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस्