यति एयरलाइन्स ठुलो दुर्घटनाबाट जोगियो


पोखरा, ३ असार । यति एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौबाट उडेको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको हो ।
यति एयरको नाइन एन एएचयुको कलसाइन भएको उक्त जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल रहेको बताईएको छ ।
काठमाडौंबाट प्राविधिक बोलाएर जहाजमा देखिएको समस्या पहिचान गर्ने यति एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्