यसकारण भयो ओलीको ढाका भ्रमण स्थगित


५ कार्तिक  । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बंगलादेशको भ्रमण स्थगित भएको छ । एमालेले दिएको जानकारी अनुसार ओली  बंंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणामा त्यस पार्टीको २०औँ त्रैवर्षिक सम्मेलनमा भाग लिन शुक्रबार बंगलादेशको राजधानी ढाकातर्फ जान लागेका थिए ।

ओलीको शुक्रबार दिउँसो त्यसतर्फ जाने तयारी थियो । ढाका प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३०मा पत्रकार सम्मेलन गर्ने समेत तयारी थियो । ६ दिनपछि स्वदेश फर्किने कार्यतालिका भए पनि ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफ्नो भ्रमण स्थगन गरेका हुन् ।

‘बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्ने कार्यक्रम मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण स्थगित भएको छ,’ एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने । ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र एमाले सांसद् राजन भट्टराई पनि बङ्गलादेश जाने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्