यसरी अघि बढ्दैछ प्रेस चौतारी र सेन्टरको एकता


काठमाडौं,२७ जेठ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकता छलफल सुरु भएको छ । पार्टी एकतासंगै प्रेस चैतारी र प्रेस सेन्टरको एकता गर्न गठित कार्यदलको आईतबार पेरिसडाँडास्थित नेकपाको कार्यालयमा बसेको पहिलो बैठकसँगै एकता छलफल सुरु भएको हो ।
बैठकले दुई पार्टी एकताबाट नेकपाको निर्माण भएकोमा स्वागत गर्ने निर्णय गर्दै दुबै संगठनको संक्षिप्त रिपोर्टिङ लिएको थियो । बैठकले बिधान तयारीका लागि चैतारी र सेन्टरका महासचिबलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । त्यस्तै, बैठकले एकताका बारेमा चैतारी र सेन्टरका केन्द्रिय सदस्यहरुसँग सुझाब लिने निर्णय गरिएको सेन्टरका उपाध्यक्ष बलराम थापाले बताए ।
एकीकरणको निर्णय लिन प्रेस चौतारीले आगामी ३१ जेठ तथा प्रेस सेन्टरले १ असारमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेत तथा सेन्टरका अध्यक्ष महेश्वर दाहालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई ऐतिहासिक र युगान्तकारी परिघटनाको संज्ञा दिँदै स्वागतसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्