यसरी बन्दैछन् प्रधानमन्त्री ओली शक्तिसाली


काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी ओलीले कार्याकारी सरकार प्रमुखका रुपमा प्रदेश, सुरक्षा मामिला, कुटनीति, राष्ट्रिय गौरवका आयोजनालगायत महत्वपूर्ण काम प्रत्यक्ष रुपमा हेर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयमा ६ ओटा नयाँ महाशाखा थपिएपछि महत्वपूर्ण मामिला प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीमा संचालन हुने भएको हो ।
५ ओटा महाशाखामा ६ थपेर ११ ओटा पु¥याउने तयारी भएपछि यसअघि प्रधानमन्त्री कार्यालयमै प्रदेश सरकारको समन्वय गर्दै सबै महाशाखालाई प्रभावकारी बनाउन छुट्टै मन्त्री राख्ने तयारीसमेत भएको थियो । प्रदिप ज्ञवाली प्रधानमन्त्री कार्यालयको मन्त्री बन्ने चर्चा भए पनि मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा अन्तिममा उनलाई परराष्ट्रमन्त्री बनाइएको थियो ।
प्रधानमन्त्री कार्यालयमा थपिएका महाशाखमध्ये प्रादेशिक समन्वय तथा योजना महाशाखाले प्रदेश सरकारसँग प्रत्यक्ष समन्वय गर्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए । प्रदेश सरकारले गरिरहेको काम, समस्यालगायतमा यो शाखाले समन्वय गर्नेछ । त्यस्तै, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखाले सेना र प्रहरी, गृह मन्त्रालय, जिल्ला प्रशासनसम्म समन्वय गर्नेछ । परराष्ट्र मन्त्रालय र कुटनीतिक मामिलाका विषय पनि यही शाखाले समन्वय गर्नेछ । यस अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागलाई ल्याउने तयारी भए पनि अन्तिम टुंगो लागिसकेको छैन ।
त्यस्तै, सबै मन्त्रालयले बजेट खर्च अनुसार बास्तविक काम गरेका छन् कि छैनन् भन्ने अनुगमन र विश्लेषण गर्ने काम नतिजा व्यबस्थापन महाशाखाले गर्ने भएको छ । ‘पहिले जस्तो बजेट खर्च मात्र हेर्ने होइन, थपिएको नयाँ महाशाखाले बजेट खर्च अनुसार बास्तविक काम भएको छ, कि छैन परिणामलाई नै हेर्नेछ, आवश्यक समन्वय गर्नेछ ।’ प्रवक्ता कुँवरले भने ।

 

राष्ट्रिय गौरवका आयोजनाहरु हेर्नेगरी लगानी, उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा गठन भएको छ । तामाकोशी जलविद्युत परियोजनासहित देशैभरका राष्ट्रिय गौरवका आयोजनाहरुसँग समन्वय यही शाखाले गर्नेछ । पूर्वाधार विकास महाशाखाले पूर्वाधार विकासको कामको प्रत्यक्ष समन्वय गर्नेछ ।

 

त्यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरु हेर्नेगरी लगानी, उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा गठन भएको छ । तामाकोशी जलविद्युत परियोजनासहित देशैभरका राष्ट्रिय गौरवका आयोजनाहरुसँग समन्वय यही शाखाले गर्नेछ । पूर्वाधार विकास महाशाखाले पूर्वाधार विकासको कामको प्रत्यक्ष समन्वय गर्नेछ । अहिले प्रधानमन्त्री कार्यालय अन्तर्गत राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई पनि ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री कार्याल शक्तिसाली भएसँगै १ सय ९८ जनाको दरबन्दीलाई २ सय ३७ पु¥याइएको छ ।
प्रधानमन्त्रीको रुचीमा थपिएका महाशाखा
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको विशेष रुचिमा प्रधानमन्त्री कार्यालयअन्तर्गत नतिजा व्यबस्थापन महाशाखा बनेको छ । सहसचिवको नेतृत्वमा रहने सो महाशाखाले सबै मन्त्रालयहरुले बजेट खर्च अनुसार परिणाम कस्तो गरिरहेको छ ? ठीक ढंगले काम भइरहेको छ÷छैनसमेत प्रत्यक्ष अनुगमन गर्नेछ । शासकीय सुधार महाशाखा अन्तर्गत राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलाई राख्नेगरी तयारी भइरहेको छ ।
कार्यालय प्रवेशमा नियन्त्रण प्रणाली
प्रधानमन्त्री कार्यालयलाई आधुनिक, व्यबस्थित, सुरक्षित तथा प्रविधि मैत्री बनाउँदै प्रवेशद्वार नियन्त्रणमूखि बनाइएको छ । सुरक्षाकर्मीको प्रत्यक्ष नियन्त्रण हुनेगरी प्रधानमन्त्री कार्यालयको छुट्टै कार्डबाट मात्र प्रवेशद्वार खुल्नेगरी ‘एक्सेस कन्ट्रोल सिस्टम’ राखिएको जनाइएको छ । प्रवेशीहरुको सबै कुरा रेकर्ड हुने र बिना अनुमति अनावश्यक व्यक्ति प्रवेश नपाउनेगरी कन्ट्रोल सिस्टम संचालनमा ल्याइएको हो । ‘०७४ असारमा अगाडि बढाइएको एक्सेस कन्ट्रोल सिस्टम संचालनमा ल्याइएको हो ।’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्