खानेपानी संस्थानका १० बोर्ड सदस्य हटाइए


काठमाडौ, ३ असार । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ –
१. नेपाल चीनबीचको सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने ।
२. लेखा परिक्षक सम्बन्धि विद्येयक संघीय संसदमा पेश गर्न स्वीकृती दिने ।
३. सुचना प्रविधि सम्बन्धि नयाँ विद्येयक तर्जुमा गर्ने र सार्वजनिक सेवा प्रसारण सम्बन्धी नयाँ विद्येयक तर्जुमा गर्न र शैदान्तिक सहमती हुने ।
४. खानेपानी संस्थानका १० जना बोर्ड सदस्य हटाएर १९ बाट ९ कायम गर्ने ।
५.  व्यापार तथा निकासी प्रवद्र्धन समिति तेस्रो संसोधन आदेश स्वीकृत गर्ने ।
६. उच्च सरकारी वकिल कार्यालय ओखलढुंगा र वीरजंगको दरबन्दी स्वीकृती गर्ने ।
७. शिक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, राजस्व अनुसन्धान विभागको दरबन्धी स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्