याक एण्ड यति होटलदेखि अधिकांश विकास बैंकहरुको सेयर कारोबार रोक्का


२ कार्तिक । नवीकरण शुल्क नबुझाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विभिन्न ५२ वटा कम्पनीहरुको सेयर कारोबारमा रोक लगाएको छ । सेयर कारोबार रोकिएका कम्पनीहरुमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले वार्षिक नवीकरण शुल्क आर्थिक वर्षको पहिलो तीन महिनाभित्र बुझाउनुपर्ने भए पनि नबुझाइएको कारण ती कम्पनीहरुलाई सूचिकरण तथा कारोबार स्थगित गरिएको उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कारोबार रोकिँदा हजारौं सर्वसाधारण मर्कामा पर्ने देखिएको छ ।

नेप्सेले कारोबार स्थगित गरेका बैंक तथा वित्तीय संस्थाहरुमा अल्पाइन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आईएलएफसीओ लघुवित्त वित्तीय संस्था, कालिका माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक, किसान माइक्रो फाइनान्स वित्तीय संस्था, लक्ष्मी बैंक डिभेन्चर २०७६, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स, नागबेली लघुवित्त विकास बैंक र नेपाल फाइनान्स एण्ड सेभिङ कम्पनी लिमिटेड रहेका छन् ।

यसैगरी, नेरुडे लघुवित्त विकास बैंक, सेती वित्तीय संस्था, विराट लक्ष्मी विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, गोरखा विकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंक, काठमाडौं फाइनान्स, मालिका विकास बैंक, मातृभूमि विकास बैंक, प्रिमियर फाइनान्स, प्यासिफिक डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सहारा विकास बैंक, सोसाइटी डेभलपमेन्ट बैंक, सुवेक्षा विकास बैंक, भिवोर विकास बैंकलगायतको सेयर कारोबार रोक्का गरिएको छ । त्यस्तै सेयर कारोबार रोक्का गरिएका अरु वित्तीय संस्थाहरुमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, हिमालय फाइनान्स, कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट बैंक, सम्झना फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स

बैंक तथा वित्तीय संस्थाहरुबाहेक अरुण वनस्पति उद्योग, विराट सू, बुटबल स्पिनिङ मिल्स, फल्युर हिमालय, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा तथा टायल उद्योग, ज्योति स्पिनिङ मिल्स, नेपाल बिटुमिन तथा व्यारेल उद्योग, नेपाल चलचित्र विकास कम्पनी, नेपाल वेलफेयर कम्पनी, भृकुटी पल्स एण्ड पेपर पनि रहेका छन् । होटलतर्फ भने चर्चित याक एण्ड यति होटलको सेयर कारोबार रोक्का गरिएको छ ।

नेप्सेले वार्षिक नवीकरण शुल्क प्राप्त भएपछि रोक्का गरिएका कम्पनीहरुको सेयर कारोबार पुनः सञ्चालनमा आउने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्