यातायात व्यवसायीको बन्दलाई वेवास्था गर्दै साझा,मयुर र सिटिमेट्रो सरर…


yatayatकाठमाडौ, २१ बैशाख ।सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज बिहानैदेखि गाडी ठप्प पारेपनि उपत्यकाका विभिन्न रुटमा मयुर, साझा, अन्नपूर्ण, सिटी मेट्रो लगाएतका यातायातले सेवा सञ्चालन गरेको छ ।
सेण्डिकेट पक्षधर सो महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले गतवर्ष चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ। सेण्डिकेट पक्षधर सो महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ। महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउन लागि सरकार, व्यवसायी र उपभोक्ता रहनेगरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले निर्देशिका जारी गरेकाले सवारी सञ्चालन बन्द गर्नुपरेको बताए। अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेका छन। उपत्यकामा चल्ने साझा यातायात, मयुर यातायात, सिटि मेट्रो, अन्नपूर्ण लगाएतका यातायातले भने यात्रुहरुलाई सेवा दिइरहेका छन । यस्तै ट्याक्सी लगायतका निजि सवारी साधान भने सञ्चालनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्