यातायात व्यवसायीको सम्पत्ति छानविन गर्ने सरकारको निर्णय


काठमाडौँ, २१ वैशाख। सरकारले यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ । शुक्रवार गृहमन्त्री रामबहादुर थापा , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललगायतका सरकारी पदाधिकारीको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्पति छानविन गर्ने निर्नय गरेको हो ।

सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका यातायात समिति र तीनका पदाधिकारीको सम्पति छाननिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले विवरण लिई सम्पत्ति शुद्धीकरण विभागमा उपलब्ध गराएपछि विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय सो बैठकले गरेको छ ।

त्यस्तै सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ, समितिको बैंक खाता रोक्का गर्ने पनि निर्नय गरेको छ । बैठकमा गृहमन्त्री थापा र यातायातमन्त्री महाशेठले व्यवसायीको बीमालगायतका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने जनाएका छन् । बैठकले सम्पूर्ण यातायात व्यवसायीलाई यातायात सञ्चालन गर्न अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्