यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सहित सय बढी व्यवसायी पक्राउ


;fj{hlgs ;jf/L 7Kk l;lG8s]6sf kIfdf /x]sf oftfoft Joj;foLn] b]ze/ z'qmaf/ ;fj{hlgs ;jf/L 7Kk kf/]kl5 sf7df8f}Fdf sf]lrP/ ofqf ub}{ ofq' . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौ, २१ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव र केन्द्रीय उपाध्यक्ष पक्राउ परेका छन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी र महासचिव सरोज सिटौला पक्राउ परेका हुन । प्रहरीले उपाध्यक्ष सुवेदीलाई धरानबाट र महासचिव सिटौलालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । सिटौला सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् ।
यस्तै कास्कीका यातायात व्यवसायी भागेर अन्य जिल्ला पुगेको खबर आएको सिडिओ तारानाथ अधिकारीले जानकारी दिए । ‘व्यवसायीलाई पक्राउ निर्देशा दिइसकेको छु । उनीहरु भागेर अन्य जिल्ला गएको खबर बुझिएको छ,’ सीडीओ तारानाथ अधिकारीले भने, ‘उनीहरु सम्पर्क आउनेबित्तिकै नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा चलाउँछौं ।’ त्यस्तै, प्रहरीले रुपन्देहीबाट पश्चिमाञ्चल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहामगरलाई पक्राउ गरेको छ । वुटवल यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी संघका पदाधिकारी चेतनारायण बेल्वासे पनि रुपन्देन्हीबाट पक्राउ परेका छन्।
यता, लमजुङमा सार्वजनिक सवारी–साधन बन्द गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिका सार्वजनिक यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णवहादुर अधिकारी सहित ५ पदाधिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाई रहेका छन् ।
प्रहरीले देशैभरबाट करिब एक सय व्यवसायी पक्राउ गरेको जनाएको छ ।
यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्