कला जान्ने महिला बलात्कार हुनबाट यसरी जोगिन्छन (फोटो फिचर)


काठमाडौ, २९ जेठ । खेलकुदमा बढी भन्दा बढी महिला सहभागीता बढाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न व्यक्तिहरुले खेलकुदमा महिलाको सहभागीता वृद्धि गराउनुपर्नेमा जोड दिएका हुन । महिला सशक्तिकरणका लागि हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम विकल्पको नारा सहित राष्ट्रिय खेलकुद परिषदले देश भरिनै महिलालाई खेलकुदको माध्यमबाट कसरी आत्मरक्षा गर्न सकिन्छ भन्ने तीन दिने तालिम दिने भएको छ । नेपालमा महिला हिंसा बढिरहेको र यसले नेपालीको शिर निहुरिरहेकाले महिलालाई खेलक्षेत्रमा सहभागी बनाउनु अहिलेको आवस्यकता भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बहादुर विष्टले बताए । नेपालमा अन्तराष्ट्रिय पदक प्राप्त गर्ने पुरुषको भन्दा महिलाको संख्या बढी भएको जानकारी दिदै सचिव विष्टले खेलकुदमा महिलाको सहभागीता बढे महिला हिंसा आफै कम हुदै जाने बताए ।
कार्यक्रममा कसैले महिलालाई आक्रमण गरे कसरी त्यसको प्रतिरक्षा गर्ने भन्ने कला पनि सिकाइएको थियो । यस अभियानलाई देशैभरि लैजाने खेलकुद परिषदले जनाएको छ ।
यसैबीच युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दशवर्षभित्र अन्तराष्ट्रिय पहिचान बदल्न चाहेको भन्दै यहि प्रतिवद्धताका साथ सरकारले काम गरिरहेको जानकारी दिए । मन्त्री विश्वकर्माले खेल क्षेत्रलाई उद्योगको रुपमा अघि बढाउनुपर्ने आवस्यकता भएको बताउँदै महिलालाई खेल क्षेत्रमा समावेश नगरेसम्म समृद्धि हुन नसक्ने बताए । उनले खेलकुदको अभावमा सुगर र प्रेसर जस्ता रोग लागेको भन्दै स्थानीय स्तरमा खेल मैदान बनाएर हजुर बा र हजुर आमालाई खेलाउनुपर्ने बताए । game 2 game 6 game1 game11

प्रतिक्रिया दिनुहोस्