यी हुन्, थपलियाले गर्नुपर्ने पहिलो काम


काठमाडौं । निर्वाचन आयोगका अनुसार, तीन तह प्रतिनिधिसभा, प्रदेशसभा, नगर तथा गाउँपालिका प्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी देशभर ९४३ पद रिक्त छन् । रबिन्द्र अधिकारीको मृत्यु भएपछि कास्की–२ रिक्त छ । विभिन्न दुर्घटनाका कारण तीन प्रदेशसभा सदस्यको कोटा रिक्त छन् ।

प्रदेश–५, को दाङ–३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको कार दुर्घटनामा परेर मृत्यु भएको छ । गण्डकी प्रदेश बाग्लुङ–२ (ख) का सांसद टेकबहादुर घर्तीका उपचारका क्रममा मृत्यु भएको छ । भक्तपुर–१ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट मृत्यु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा बाहेक स्थानीय तहमा रिक्त पदको संख्या अधिक छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मृत्यु भएको वर्ष दिन नै भएको छ । सुब्बाको निमोनियाबाट मृत्यु भएको थियो । प्रदेश नम्बर एकका पाँचथर र संखुवासभामा पनि स्थानीय तहमा पनि जनप्रतिनिधि रिक्त छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ भाषण गर्दागर्दै मृत्यु भएको थियो भने संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । यस्तै, ३६ वडा नेतृत्वविहीन छन् । ८६१ वडा सदस्य र ३९ कार्यकारी सदस्य पद खाली छन् । सरकारले स्थानीय तहको निर्वाचन लगत्तै भएको जिल्ला समन्वय समितिका गएकाहरुको ठाउँ पनि रिक्त छन् ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको ६ महिना र स्थानीय तहमा एक वर्ष कार्यअवधि बाँकी रहँदै निधन भए उपनिर्वाचन गराउनुपर्ने प्रावधान छ । तर, स्थानीय तहको दुई वर्षदेखि रिक्त पदको निर्वाचनबारे अहिलेसम्म कुनै तयारी भएको देखिदैन ।

जबकी, संघ र प्रदेशमा ६ महिना कार्यकाल बाँकी रहँदै र स्थानीय तहमा एक वर्ष कार्यकाल बाँकी रहँदा जनप्रतिनिधिको मृत्यु भए उपनिर्वाचन गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्