यी हुन् संसार बदल्ने केही पुस्तकहरु


किताबले ज्ञानमात्रै वितरण गर्दछ भन्ने मान्यताबाट केही कदम अघि बढेर सोच्ने हो भने किताबले संसार बदल्न पनि उत्तिकै अहम् भूमिका खेलेको छ र हुन्छ । अहिलेसम्म संसारमा धेरै किताबहरु निस्किए । कुनै अहिलेसम्म पनि सान्दर्भिक, पठनीय र अनुपम धरोहरका रुपमा स्थापित छन् भने कुनै स्मृतिको गर्तमा पुरिइसके । तथापि, संसारमा किताबहरुको ओइरो लाग्ने क्रम भने उत्तिकै छ । सायद त्यो कागजमा छापिएको होस् वा इलेक्ट्रोनिक माध्यमबाट नै किन नहोस् ।

कुनै सन्देह छैन कि, डेढ शतकअघि विख्यात वैज्ञानिक चाल्र्स डार्विनले ‘अन द ओरिजन अफ स्पेसिज’ लेखेयता जीवनको विकास–क्रमलाई हेर्ने वैज्ञानिक तरिका आरम्भ भयो । त्यो त्यही विशिष्ट किताब हो, जसले जीवविकासको सिद्धान्तका सबै पूर्ववर्ति मान्यताहरुलाई कुनै अँध्यारो कुनातिर सधैँका लागि धकेलिदियो । र, कोपर्निकस र ग्यालिलियोहरुले स्थापित तुल्याएका मान्यताहरुभन्दा पनि धेरै अग्रता स्वीकार ग¥यो । सन् १८५९ को नोभेम्बरमा जब उक्त किताबको प्रथम संस्करण छापियो, त्यसले तत्कालीन महाशक्ति इंग्ल्याण्डभरि शक्तिशाली कम्पन मात्र ल्याएन, छापिएको पहिलो दिनमा नै हात–हातमै बिक्यो त्यो किताब । आफूलाई बाँदरसित तुलना गरिएकोमा धर्मान्ध भिक्टोरियनहरु क्रुद्ध भए र डार्विनलाई बाँदरको रुपमा अंकित गरिएका कार्टुनहरु इंग्ल्याण्डका सडक–सडकमा टा“गिए । यी सबै हर्कत त्यही एउटा किताबले त गरेको थियो नि, आखिर ।

कसले भन्छ, किताबले संसार बदल्न सक्दैन निश्चित रुपमा सक्छ । संसार बदल्ने यस्ता किताबहरुका लहरमा डार्विनको ‘अन द ओरिजन अफ स्पेसिज’सँगसँगै थुप्रै उभिएका छन् । आखिर, ‘कम्युनिष्ट घोषणापत्र’ पनि एउटा किताब नै हो बीसौं शताब्दीको विश्व राजनीतिमा अकल्पनिय तरंग ल्याउनमा त्यही किताबकै भूमिका रह्यो । राजनीति, दर्शन र अर्थशास्त्रका क्षेत्रका सबै पूर्ववर्ति मान्यताहरु ढालेर नयाँ रेखा कोर्न त्यही किताबभित्रकै सैद्धान्तिक पोथाहरुले नै काम ग¥यो । ..

माइकल फराडेले ‘एक्सपेरिमेन्टल रिसर्चेज अफ इलेक्ट्रिसिटी’ नलेखेका भए विद्युतीय क्षेत्रमा देखिएको विकास र परिवर्तनका धर्साहरु पक्कै पनि धुमिल हुने थिए । तीन खण्डमा लेखिएको उक्त किताबमा फराडेले इलेक्ट्रोमेग्नेटिज्म र इलेक्ट्रोकेमिस्ट्रीमा गरिएको गहन अध्ययनको विस्तृत रुप छ । त्यही किताबको आधार पक्डेर जेम्स म्याक्सबेलले विद्युतीय क्षेत्रको डुबेर अध्ययन गरे । वर्तमान संसारलाई झलमल्ल तुल्याउन त्यही किताब नै जग बन्यो आखिर । त्यसो त, कुनै किताबको प्रासंगिकता युगौंसम्म रहन्छ । कुनैले समाजको गतिशीलता अँगालेको हुन्छ भने कुनैले चाहिँ पुरातन र रुढिग्रस्तताकै बीच लाखौं÷करोडौं मानिसहरुलाई अन्धताको भयंकर गुफाभित्र अल्झाइरहेका हुन्छन् । र, समयान्तरसँगै त्यस्ता किताबहरुका ‘क्रान्तिकारी’ तत्व र लेसहरु पनि क्रमशः विलुप्त हु“दै जान्छन् । तत्कालीन समय र परिवेशमा ‘बाइबल’ अग्रगामी थियो भन्न सकिन्छ । जिसस क्राइस्टले तत्कालीन सत्ताविरुद्ध, रुढिग्रस्तताविरुद्ध जुन कदम चाले, त्यो ठूलो क्रान्ति थियो । तर अहिले बाइबलबाट त्यही अपेक्षा राख्न सकिँदैन । न त वेद वा कुरानहरुबाट नै कुनै परिवर्तनकारी अपेक्षा राख्न सकिन्छ । तर किताबको शक्ति कति भयंकर हुँदो रहेछ † बदलिदो समयसँगै प्रासंगिकता सकिए पनि, अर्थहीन सावित हुँदै गए पनि अहिले पनि बाइबल, वेद र कुरानले संसारका करोडौं मानिसहरुलाई बाहुपासमा बाँधेर राखेका छन् । थाहा छैन, अझै कति शताब्दीसम्म ती किताबहरुको चंगुलमा मानिसहरु परिरहने हुन् †

अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षतावादको सिद्धान्त’ को त कुरै छोडौं । बीसौं शताब्दीमा अग्रणी वैज्ञानिक आइन्स्टाइनको यही किताबले वैज्ञानिक क्षेत्रको विकासमा नयाँ आयाम कोरियो । प्लेटोको ‘डायलग’ पनि तत्कालीन समयलाई सम्बोधन गर्ने किताब मान्न सकिन्छ । मिश्रको यी दर्शनशास्त्री तथा शिक्षाविद्ले सुकरातबाट शिष्यता ग्रहण गरेका थिए भने अरस्तुलाई चेला बनाउने सौभाग्य बटुलेका थिए । उक्त किताबलाई अहिले पनि सर्वमान्य ठानिन्छ । त्यसो त गणितको विकासमा उल्लेख्य भूमिका खेल्ने बर्टेड रसेलको ‘प्रिन्सिपल अफ म्याथम्याटिक्स’ले पनि संसार बदल्न आफ्नो तहबाट योगदान गरेको छ ।

सन् १८९९ भन्दाअघि मानव व्यवहारसित जोडिएका कुनै पनि प्रकारका समस्या वा जटिल अवधारणाहरुका समाधान निकाल्ने तौरतरिका विकास भएको थिएन । अझ त्यस्ता समस्याहरुका मनोविश्लेषणात्मक पद्दतिद्वारा हल खोज्ने गरिदैनथ्यो । तर जर्मनीका प्रख्यात मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले जब १८९९ मा ‘द इन्टरप्रिटेशन अफ ड्रिम्स’ ल्याए, त्यसपछि मनोविज्ञानका क्षेत्रमा परिवर्तनका बाक्ला धर्साहरु कोरिए । उक्त किताबमा फ्रायडले सपनाको व्याख्याका साथ मानव मस्तिष्कको अवचेतनको विस्तृत अध्ययन गरेका छन् । अहिले मनोविज्ञानका क्षेत्रमा जुन क्रान्ति भएको छ, त्यसको श्रेय त्यही किताबलाई जान्छ–‘द इन्टरप्रिटेशन अफ ड्रिम्स’ ।

संसार बदल्ने यस्ता किताबहरुले नै विश्वका मानवहरुलाई विभिन्न विचार, धार र वादहरुमा विभक्त तुल्याए पनि त्यसले संसारलाई परिवर्तनको दिशातिर उन्मुख तुल्याउन निःसन्देह नै योगदान पु¥याएको छ । साँच्चै नै भन्न सकिन्छ, किताबले संसार बदल्छ । निरन्तर बदलिरहेको छ ।

–विवश वस्ती

प्रतिक्रिया दिनुहोस्