यी हुन् सात प्रदेशमा एमालेका पाँच सय नेता (सबैको नामसहित)


७ असार । नेकपा (एमाले) ले नयाँ संवैधानिक व्यवस्था अनुसार सातवटै प्रदेशमा संगठन कमिटी गठन गरेको छ । स्थायी समितिको मंगलबारको बैठकले सातवटै प्रदेश संगठन कमिटीमा रहने सदस्यहरुको नाम मोटामोटी टुंगो लगाएको हो ।

नयाँ प्रदेश संगठन कमिटी ३६ देखि एक सदस्यका हाराहारीमा बेनका छन् । हिसाव निकाल्दा एमालेका प्रादेशिक कमिटीमा पाँच सय नेताले जिम्मेवारी पाएका छन् । सचिव तथा संगठन विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङका अनुसार, विहीबार बस्ने स्थायी समिति बैठकले संयोजकसहित प्रदेश कमिटीको संख्याको अन्तिम टुंगो लगाउनेछ । ‘एकाध संख्या तलमाथि हुन सक्छ, विभागका तर्फबाट अन्तिम रुजु भइरहेको छ’, गुरुङले भने, ‘विहीबार अन्तिम टुंगो लाग्नेछ ।’

प्रदेश कमिटीमा त्यस क्षेत्रका खटिएका केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष, निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, निवर्तमान अञ्चल सचिव र त्यस क्षेत्रबाट महिला र दलित कोटामा छानिएका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु छन् ।

प्रतिक्रिया दिनुहोस्