युएईबाट १४८ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स


युएई, ५ असार । युएईबाट १४८ नेपाली बोकेर नेपाल एयरलाइन्स काठमाडौं उडेको छ । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई बोेकेर नेपाल एयरलाइन्सको २२९३ नम्बरको चार्टर विमान नेपाल उडेको हो । नेपाल एयरलाइन्सको युएई पहिलो उडान हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । फर्कनेहरुमा अधिकांश महिला रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्