युनिक र मायाको ‘तीजको गीतमा’ को म्युजिक भिडियो सार्वजनिक


२० साउन । तीजको पूर्वसन्ध्यामा गीत–संगीत क्षेत्रमा क्रियाशील प्रतिभाहरुलाई भ्याइनभ्याइँ नै हुन्छ । समय र सन्दर्भ सुहाउँदा तीज गीतहरु बजारमा ल्याउन प्रतिभाहरु अग्रसर रहन्छन् ।

सोही क्रममा गायक युनिक केसी र माया केसीले यस पटकको तीजको सन्दर्भमा नयाँ गीत सार्वजनिक गरेका छन् । केही दिनअघि मात्रै केसीद्वयको स्वर रहेको ‘तीजको गीतमा कम्मर नाचेर’ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ ।

उक्त गीतमा सुरज गैरे विवशको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको । सो गीतको म्युजिक भिडियोको निर्देशन रत्न जोशीले गरेका छन् भने छायाँकन र सम्पादन दीपक बोम्जनले गरेका हुन् । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको सो गीतमा गायक–गायिका युनिक र मायाका साथै प्रेम श्रेष्ठ र सुजिता नगरकोटीले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्