युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने सम्झना र आनन्द प्रहरी फन्दामा


२ कात्तिक । शैक्षिक परामर्श केन्द्रका नाममा ठगी गर्ने दुई जना प्रहरी खोरमा पुगेका छन् । रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक बानेश्वरको रेकोन एजुकेसन कन्सल्टेन्सीका सम्झना केसी र कोटेश्वरस्थित हाइलिंक एजुकेसनल कन्सल्टेन्सीका आनन्द केसी प्रहरी फन्दामा परेका हुन् । उनीहरु दुबैलाई महानगरीय प्रहरी महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भरत विकसहित सात जनासँग भारतको दिल्लीबाट रुस हुँदै पोर्चुगलसम्म पु¥याइदिने भनी पैसा असुलेको खुलेको छ । उनीहरु ती व्यक्तिसँग प्रतिव्यक्ति रु १० लाख ५० हजारसम्म लिई रुससम्म पु¥याई अलपत्र पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्