युरो कप फुटबलमा युक्रेन पराजित, जर्मनी पोल्याण्डसँग बराबरी


३ असार । जारी युरो कप फुटबलमा गएराति भएको खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नर्दन आयरल्याण्डले दोस्रो हाफमा दुई गोल गरेको थियो।

खेलको ४९ औँ मिनेटमा ग्यारेथ म्याकुलेले गोल गर्दै नर्दन आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको इन्जुरी समयमा नाइल म्यागिनले गोल गर्दै नर्दन आयरल्याण्डलाई २–० को जित दिलाए।

त्यसैगरी फ्रान्समा जारी युरो कप फुटबलमा विश्व च्याम्पियन जर्मनी पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ।

गएराति नै भएको खेलमा विश्व च्याम्पियन जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो। दुवै टोलीले बराबरीमा रोकिएसँगै समूहचरणको अन्तिम खेल अगाडि नै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गर्ने मौका गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्