युवासंघ बाँकेको अध्यक्षमा किशोर थापा


१२ असार । युवा संघ नेपाल बाँकेको अध्यक्षमा किशोर थापा विजयी भएका छन् । थापाले खेम शर्मालाई जम्मा ६ मतले हराएका हुन् । उपाध्यक्ष मिलन शाह, सचिवमा कुश्माखर बस्याल र सह–सविचमा घनश्याम ओली विजयी भएका छन् । कोषाध्यक्ष तिलबीर सुनुवार विजयी भएका छन् ।

कार्यक्रमको उद्घाटन युवा संघका अध्यक्ष राजिव पहारीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष दिलकुमारी पन्त , सचिबहरु हस्त शाही , नरेश शाही, अशोक चन्द वचनसिंह, बाँके पार्टी अध्यक्ष अध्यक्ष अशोक कोइराला लगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्