युवा संघका नेतामाथि फेरि सांघातिक आक्रमण, संघले माग्यो गृहमन्त्रीको राजिनामा


१६ माघ । युवा संघ नेपालका नेतामाथि श्रृंखलाबद्ध आक्रमण सुरु भएको छ । आइतबार राती फेरि युवा संघ धरान नगर इन्चार्ज दिवस राईमाथि संघातिक आक्रमण भएको छ ।

युवा संघका सचिव माधव बास्तोलाले दिएको जानकारी अनुसार अहिले उनको धरानको बीपी कोइराला मेमोरियल अस्पतालम  उपचार भइरहेको छ । बास्तोलाले राईको अवस्था गम्भीर रहेको जानकारी दिए । उनले तत्काल अपराधीलाई पक्राउ गरी कडा कारवाही नगरे युवा संघ चुप लागेर नबस्ने चेतावनी दिए ।

युवा संघ प्रवक्ता प्रभावविक्रम कटुवालले पनि युवा संघमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै शान्ति–सुरक्षा दिन नसक्ने निरीह गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिनुपर्ने माग गरे ।  यस अघि पनि बुटवल र नेपालगञ्जमा युवा संघका नेतामाथि आक्रमण भएको थियो । बुटवलमा युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीको आक्रमणका क्रममा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्