युवा संघका नेतामाथि गोली प्रहार


४ पुस । युवा संघ नेपालका रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । उनलाई अज्ञात समूहले गोली प्रहार गरेको युवा संघका प्रवक्ता प्रभावत विक्रम कटुवालले जानकारी दिए । उनलाई रुपन्देहीको खैरेनीमा गोली प्रहार भएको हो । अहिले उनको रुपन्देहीकै देवदह मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको युवा संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्