युवा संघमा महाधिवेशनको चहलपहल, विवाद मिलाउन कार्यदल


२१ असार । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालमा नवौँ महाधिवेशनले प्रवेश पाएको छ । करिब तीन वर्षअघि बुटबलमा सम्पन्न आठौँ महाधिवेशनबाट महेश बस्नेत अध्यक्ष निर्वाचित भएपछि युवा संघमा दुई पटक नेतृत्व परिवर्तन भए पनि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।

मंगलबार युवा संघको कार्यालय बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकमा महाधिवशेनको विषयले प्रवेश पाएको हो । ‘महाधिवेशन कहिले गर्ने भन्ने त निश्चित भएको छैन,’ युवा संघका सचिव नरेश शाहीले भने, ‘तर महाधिवेशनको विषयले भने प्रवेश पाएको छ ।’ उनले सबै कुराको अनुकूलता मिलाएर पुस–माघसम्ममा महाधिवेशन गर्ने गरी अघि बढ्न सक्ने जानकारी दिए । ‘मिति टुंगो लागेको छैन,’ प्रवक्ता प्रभात विक्रम कटुवालले भने, ‘२६ गते बस्ने स्थायी कमिटी बैठकले मिति समेत टुंगो लगाउँछ ।’

स्थायी कमिटीले गरेको निर्णयको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने उनले जानकारी दिए । त्यसअघि नै विधान सम्मेलन सम्पन्न गरिसक्ने पनि कटुवालले जानकारी दिए । युवा संघका इञ्चार्ज शेरधन राईको प्रमुख आथित्यमा सम्पन्न बैठकमा राईले विधान सम्मेलन गर्ने लगायतका काममा अघि बढ्न संघलाई निर्देशन दिएका थिए ।

नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालमा नवौँ महाधिवेशनले प्रवेश पाएको छ । करिब तीन वर्षअघि बुटबलमा सम्पन्न आठौँ महाधिवेशनबाट महेश बस्नेत अध्यक्ष निर्वाचित भएपछि युवा संघमा दुई पटक नेतृत्व परिवर्तन भए पनि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।

अध्यक्ष फेरिए, महाधिवशेन भएन

महेश बस्नेत उद्योगमन्त्री नियुक्त भएपछि २०७१ माघमा उपाध्यक्ष निरुदेवी पाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । पछि पालले आफूलाई अध्यक्ष घोषणा गरेपछि युवा संघमा विवाद चुलिएको थियो । यही कारण युवा संघमा समानान्तर कमिटीहरु समेत बनेका थिए ।

वर्तमान सूचना तथा सञ्चारमन्त्री शेरधन राई युवा संघको इञ्चार्ज भएपछि दुवै समूहलाई मिलाउन पटक–पटक छलफल गरेका थिए । युवा सघंको विवादले पार्टीका नेतालाई समेत दुई कित्तामा विभाजन गरेपछि पार्टी नेताहरुकै अगुवाइमा विवाद मिलाउने पहल भएको थियो । करिब एक वर्षअघि अर्थात् असोज १५ र १६ गते राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकले विवादित निरु पाललाई हटाएर महासचिव राजीव पहारीलाई सम्मेलन आयोजक कमिटीको अध्यक्ष बनाउने निर्णय गरेपछि दुबै समूह फेरि एक ठाउँमा आएका थिए ।
विधान अनुसार हरेक तीन वर्षमा युवा संघको महाधिवेशन गर्नुपर्ने भए पनि यो बीचमा तीन अध्यक्ष भए पनि महाधिवेशन भने हुन सकेको छैन ।

दुवै समूह महाधिवेशनका पक्षमा

दिलु पन्त र राजीव पहारी दुबै समूह अहिले महाधिवेशनका पक्षमा देखिएकाले पुस वा माघमा महाधिवेशन हुने निश्चित जस्तै देखिएको छ । ‘भात पाकेको छ, हामी खाने तयारीमा मात्र छौँ’, पन्त समूहका एक सचिवले भने, ‘हामी जतिसक्दो छिटो महाधिवेशन होस भन्नेमा छौँ ।’ उनले पाकेको भातको संकेत गर्दै महाधिवेशन आफ्नो पक्षमा हुने घुमौरो पाराले दाबी गगरे ।

यता पहारी समूह पनि सकेसम्म छिटो महाधिवेशन सम्पन्न गर्ने पक्षमै देखिएको छ । जति छिटो महाधिवेशन भयो उति नै आफ्नो पक्षमा माहोल आउने उक्त समूहको दाबी छ । अध्यक्ष केपी शर्मा ओली सत्तामै रहेका बेला महाधिवेशन भए अझ राम्रो हुने पहारी समूहको अपेक्षा छ । पहारी आफैँ पनि महाधिवेशनको पक्षमा रहेकाले पनि महाधिवेशनको महोल बन्ने संकेत देखिएको छ ।

महाधिवेशनको मिति नै तोकेर जाने तयारीमा युवा संघ रहेपछि केही जिल्लामा देखिएको विवाद समेत अन्त्य गरेर जाने तयारीमा दुबै समूह देखिएका छन् । अहिले सुनसरी र काठमाडौँको जिल्ला कमिटी विवादित छन् ।

विवाद मिलाउन दुबै समूह सकारात्मक

महाधिवेशनको मिति नै तोकेर जाने तयारीमा युवा संघ रहेपछि केही जिल्लामा देखिएको विवाद समेत अन्त्य गरेर जाने तयारीमा दुबै समूह देखिएका छन् । अहिले सुनसरी र काठमाडौँको जिल्ला कमिटी विवादित छन् । दुबै जिल्लामा दुई जना अध्यक्षले आफू अध्यक्ष भएको दाबी गर्दै आएका छन् । ती दुबै कमिटी मिलाउने र अन्य सानातिना समस्या समेत मिलाउनका लागि मंगलबार बसेको स्थायी कमिटी बैठकले शक्तिशाली कार्यदल गठन गरेको छ । अध्यक्ष पहारी अध्यक्ष रहेको कार्यदलमा उपाध्यक्ष दिलु पन्त, रमेश पौडेल, महासचिव किरण पौडेल, सचिव नरेश शाही सदस्य रहेका छन् । उक्त कार्यदलले जति सक्दो छिटो समस्या समाधान गर्ने जानकारी प्रवक्ता कटुवालले जानकारी दिए ।

युवा परिषद्मा नियुक्त सदस्य विवादित

बैठकमा राष्ट्रिय युवा परिषद्मा युवा संघका तर्फबाट नियुक्त भएका सदस्यको बारेमा विवाद भएको छ । सचिव शाहीले युवा संघले दिएका नाम भन्दा फरक व्यक्तिलाई नियुक्त गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । संघका इन्चार्ज राईले पनि सदस्य नियुक्त गर्दा आफूलाई थाहा नभएको जानकारी बैठकमा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्