युवा संघमा माननीयसहित एक दर्जनको बिदाई, केन्द्रीय कमिटी २ सय नाघ्यो


काठमाडौं, ७ वैशाख
युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकबाट नयाँ अध्यक्ष र महासचिव चयन भएसँगै केही पदाधिकारीको बढुवा भएको छ भने माननीयसहित निर्बाचित करिब एक दर्जन केन्द्रीय नेतालाई बिदाई गरिएको छ ।
विहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले संघको अध्यक्षमा उपाध्यक्ष रमेश पौडेल तथा महासचिवमा सचिव नरेश शाहीलाई चयन गर्दै बढुवा गरेको थियो । साविकको १ सय ७४ सदस्यीय केन्द्रीय कमिटीमा संस्थापन र माधव नेपाल निकट समूहबाट १५÷१५ सहित ३० जना नयाँ केन्द्रीय सदस्य थपिएका छन् । यससँगै संघको केन्द्रीय कमिटीको संख्या २ सय ४ पुगेको छ । अझै थपिने क्रम जारी रहेकाले एमाले–माओवादी केन्द्र एकताको संघारमा केन्द्रीय कमिटी अहिलेसम्मकै ‘जम्बो’ बन्ने निश्चित भएको छ । अध्यक्षमा निर्वाचित पौडेल संस्थापन र महासचिव शाही नेपाल निकट छन् ।

पहारी, पन्त, गुरुङसहित दर्जनको बिदाई
युवा संघको बैठकबाट ४ नम्बर प्रदेशमा निर्वाचित सांसद राजिव पहारीले बिदा लिएका छन् । त्यस्तै, एमाले केन्द्रीय लेखा आयोगको सदस्यमा मनोनित उपाध्यक्ष दिलू पन्तले पनि स्वेच्छिक अवकास लिएकी छिन् भने अर्का उपाध्यक्ष राजु गुरुङले ४० वर्ष कटेकाले उमेर हदका कारण बिदा लिएका छन् । पन्तले पार्टी केन्द्रीय कमिटी सदस्य सो सरहको जिम्मेवारी पाएका कारण स्वेच्छिक अवकास लिएकी हुन् । उनले संघमा यसअघि नेता माधवकुमार नेपाल समूहको नेतृत्व गर्दै आएकी थिइन् ।
त्यस्तै, सचिव अशोक चन्द र कोषाध्यक्ष हिदम लामाले पनि बिदा लिएका छन् । चन्द कञ्चनपुरको बेदकोट नगरपालिकाको मेयर तथा लामा मकावनपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा निर्बाचित भएका थिए । २ नम्बर प्रदेश सभा सांसदमा निर्वाचित मञ्जु यादवको पनि बिदाईको घोषणा भएको छ । उनको स्थानमा ध्रुब यादव सचिव चयन भए पनि मञ्जुले आफ्नो अनुपस्थितिमा बिदाई घोषणा भएको भन्दै संघमा पुन ः काम गर्ने ईच्छा व्यक्त गरेको एक पदाधिकारीले बताए । उता, ३ नम्बर प्रदेश सांसदमा निर्वाचित चन्द्र लामाले बिदाई नलिएपछि पुन ः उपाध्यक्षमै दोहोरिएका छन् ।
त्यस्तै, संघीय सांसदमा निर्वाचित केन्द्रीय अनुशासन आयोगका अध्यक्ष हिराचन्द्र केसीले बिदा लिएका छन् भने लेखा आयोगका अध्यक्ष कमल पाठकको पनि बिदाई भएको छ । यसबाहेक कतिपय केन्द्रीय सदस्यहरुले पनि निवेदन लेखेर बिदा लिइसकेका छन् । ‘जनप्रतिनिधिमा निर्वाचित, पार्टीको जिम्मेवारीमा रहनुभएका तथा उमेर हद नाघिसकेका साथीहरुले स्वेच्छिक रुपमा बैठकबाट बिदा लिनुभएको हो’, संघका नवनिर्वाचित उपाध्यक्ष प्रभातविक्रम कटुवालले भने ।

 ‘नयाँ केन्द्रीय सदस्यहरुको नाम पनि घोषणा भएको हो, तर को–को थपिए माइन्युटमा अझै नलेखिएको हुनसक्छ, त्यसैले अहिल्यै भन्न सकिने स्थिति रहेन’, संघका एक पदाधिकारीले अनभिज्ञता प्रकट गर्दै भने,‘नयाँ केन्द्रीय सदस्य साथीहरुले धमाधम सामाजिक सञ्जालमा बधाई र शुभकामना थापिरहनुभएकै छ, बिस्तारै सबै थाहा हुन्छ ।’
फेसबुकमा बधाई, मनोनित केन्द्रीय सदस्यबारे पदाधिकारी बेखबर
रातभरीको गृहकार्यपछि बिहिबार बिहान करिब ४ बजे मात्र संघको बैठक सकिएका कारण निन्द्राले झूम भएका संघका अध्यक्ष, महासचिवदेखि पदाधिकारीहरु नयाँ ३० जना केन्द्रीय सदस्य को–को थपिए अझै बेखबर छन् । ‘नयाँ केन्द्रीय सदस्यहरुको नाम पनि घोषणा भएको हो, तर को–को थपिए माइन्युटमा अझै नलेखिएको हुनसक्छ, त्यसैले अहिल्यै भन्न सकिने स्थिति रहेन’, संघका एक पदाधिकारीले अनभिज्ञता प्रकट गर्दै भने,‘नयाँ केन्द्रीय सदस्य साथीहरुले धमाधम सामाजिक सञ्जालमा बधाई र शुभकामना थापिरहनुभएकै छ, बिस्तारै सबै थाहा हुन्छ ।’
संघको केन्द्रीय कमिटी २ सय ५० नाघ्न सक्ने 
संघमा लामो समयदेखि महाधिवेशन नभएका कारण पटक–पटक गरेर मनोनितसहित १ सय ८१ सदस्यीय केन्द्रीय कमिटी पुगेको थियो । केहीले बिदा लिएपछि १ सय ७४ सदस्यीय केन्द्रीय कमिटीले मान्यता पाउँदै आएको भनिएकोमा ३० जना विहिबारको बैठकबाट थपिएको संघका महासचिव नरेश शाहीले बताए । तर, उपाध्यक्ष प्रभातविक्रम कटुवालले भने संघको केन्द्रीय कमिटीको संख्या २ सय ११ सदस्य पुगेको दाबी गरे । संघका इन्र्चाज एमाले पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डे, पूर्व अध्यक्ष महेश बस्नेत, वतर्मान अध्यक्ष रमेश पौडेल, महासचिव नरेश शाहीलगायतलाई अझै कम्तीमा ३०÷४० जना केन्द्रीय सदस्य थप्न चर्को दबाब परेको बुझिएको छ । सोही कारण कम्तीमा २ सय ५० सदस्यीय केन्द्रीय कमिटी पुग्न सक्ने सम्भावना रहेको एक पदाधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्