युवा संघले पनि निकाल्यो मशाल जुलुस (हेर्नुहोस फोटो फिचर)


१७ वैशाख । प्रधानन्यायशीध सुशीला कार्कीको विरुद्धमा महाअभियोग दर्ता भएपछि त्यसको सर्वत्र विरोध भएको छ । एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पनि त्यसको विरोध गर्दै मशाल जुलुस निकालेको छ । आइतबार साँझ नयाँ बानेश्वर चोकबाट मशाल जुलुस निकालेको हो ।
मशाल जुलुसपछिको कोणसभालाई सम्वोधन गर्दै युवा संघ उपाध्यक्ष दिलु पन्तले इतिहासमै पहिलो पटक नेपाली जनताले महिला प्रधानन्यायाधीश प्राप्त गरेको स्मरण गर्दै उनीमाथि लागेको महाअभियोग प्रस्तावले सबै नेपाली महिलामाथिको अपमान भएको दाबी गरिन् ।

‘काँग्रेस र माओवादी केन्द्र नेतृत्वको सरकारले आफ्नो असली तस्बिर प्रदर्शन गरेको छ,’ उनले भनिन्, ‘यो नेपाली राजनीतिमा गम्भीर षड्यन्त्रको आरम्भ हो । यसको विरोध र भत्सर्ना गर्दछौँ ।’ उनले कार्कीमाथिको महाअभियोग प्रस्ताव प्रतिक्रियावादीले रचेको चाल भएको पनि उनले दाबी गरिन् । ‘देशमा आफ्नो अधिनायकत्व लाद्ने यो पूर्वअभ्यास हो,’ उनले भनिन् ‘तर यो सफल हुने छैन ।’1 2 3

प्रतिक्रिया दिनुहोस्