युवा संघ अध्यक्षमा पौडेल, महासचिव शाही चयन


काठमाडौं । युवा संघ नेपाल केन्दिय कमिटीको बैठकले अध्यक्ष रमेश पौडेल र महासचिव नरेश शाहीलाई चयन गरेको
छ । विहिबार सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले पौडलको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी चयन गरेको हो ।
बिहान ४ बजे सम्पन्न संघको बैठकले राजिव पहारीको राजिनामा स्वीकृत गर्दै रिक्त अध्यक्षको जिम्मेबारी पौडेललार्इ दिएको हो ।

बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोबिन्द थापा, हस्त साही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत र प्रभात कटुवाललार्इ चयन गरको छ । त्यस्तै महासचिवमा नरेश शाही चयन भएका छन ।
सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षेतिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएको उपाध्यक्ष प्रभात विक्रम कटुवालले पहिलो न्यूजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्