यु १९ विश्वकपः नेपालसँग ओमान १५० रनले पराजित


काठमाडौ, ३ वैशाख । नेपालले आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट अन्तर्गत ओमानलाई पराजित गरेको छ ।

सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्