यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैनः उपनेता नेम्वाङ


काठमाडौ, १६ वैशाख । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको दाबी गरेका छन् ।
संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए ।

लगत्तै सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले त्यसको खण्डन गर्दै भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’

उनले अघि भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’

प्रतिक्रिया दिनुहोस्