रन सुजको डिलर्स मिटः अर्को वर्ष सिंगापुर घुमाउने


काठमाडौ, १९ भदौ । फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले नगरकोटमा डिलर्स मिट सम्पन्न गरेको छ । कम्पनी द्धारा आयोजित सो कार्यक्रममा देशभरबाट सय भन्दा बढी डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रन सुज इण्डष्ट्रिज प्रा.लि.को उत्पादन रहेको रन सुजले ब्यवसाय प्रर्वद्धन एवं बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपाने द्धारा उत्कृष्ट डिलरहरुलाई पुरस्कृत गरिएको थियो भने कम्पनीका थप नयाँ २० मोडेलका जुत्ता तथा चप्पलहरु समेत सार्वजनिक गरिएको थियो ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेले आउदो वर्ष उत्कृष्ठ डिलर तथा विक्रेतालाई सिङ्गापुर भ्रमण गराउने जानकारी गराए । नेपाललाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन रन सुजले ठुलो योगदान दिएको तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा विशेष जोड दिइने बताए ।

कार्यक्रममा उपस्थीत डिलर प्रतिनिधिहरुले सम्वोधन गर्ने क्रममा उपभोक्ताको चाहना र बजारलाई ध्यान दिई उत्पादन ल्याउनुपर्ने महत्वपुर्ण सुझाव दिदै आगामी वर्ष अझ वढी कम्पनीको बजार विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध छन् वजारमा । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्