राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र


४ पुस । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ राष्ट्रपति सी जिंगपिंगसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

एक महिनाअघि कार्यभार सम्हाल्न बेइजिंग पुगेका राजदूत पौड्यालले त्यहाँको विदेश मन्त्रालयसमक्ष आफ्नो ओहदाको प्रमाणपत्रको फोटोकपी बुझाएर काम थालेका थिए । चीनमा त्यसरी काम सुरु गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्