राजधानीका आधा दर्जन स्कूलमा बम बिष्फोट, दुई जना पक्राउ


४ असोज । राजधानीका विभिन्न विद्यालयमा मंगलबार बम बिष्फोट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बौद्धको आकाशदीप र मनकामना स्कुलमा सिलिण्डर बम विस्फोट भएको थियो ।

त्यसैगरी प्रहरीले बौद्ध ५, महाराजगज र डल्लुमा एक एक गरी ७ वटा बम भेटिएको जानकारी दिएको छ । ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसर कुकर बम भेटिएको थियो ।

विष्फोट भएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चा छाडेका थिए । पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्