राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनको ज्यान गयो


काठमाडौ, १८ साउन । राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा शुक्रबार तीनजना मदजुरको मृत्यु भएको छ। इनार सफा गर्न गएका तीनैजनाको मृत्यु भएको प्रहरीले बताएको छ।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले उद्दार गरेपनि उनीहरुको इनारभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले जानकारी गराएका छन्। मृत्यु भएकाहरुको पहिचान भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्