राजनीतिको गेयर फसेको छ, तपार्इंहरु ढुक्क हुनुहोस् छिट्टै निकाल्छौँः केपी ओली


१४ कात्तिक  । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएकोे बताएका छन् । एमाले मध्यपुर नगर समन्वय कमिटीले बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रम उनले यस्तो बताएका हुन् । उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए । उनले नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने पनि दाबी गरे । ‘अहिले गेयर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछौँ,’ उनले् भने, ‘त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।’

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै उहाँले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्