राजनीतिक विवाद अन्त्य गर्न नेत्री कोइरालाको आग्रह


१२ भदौ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको राजनीतिक विवादलाई अन्त्य गरी विकास निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएकी छिन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका साथै स्थानीय निकायको निर्वाचनतर्फ सबै दललाई केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइन् ।
नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्रिमण्डलमा महिलामन्त्रीको सङ्ख्या कम भएको सन्दर्भमा उनले राज्यमन्त्री र सहायकमन्त्रीमा मधेसी र दलित महिलालाई बढी प्राथमिकता दिनुपर्ने धारणा प्रकट गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्