राजनीतिक समस्याको समाधान वार्ता र संवादबाटः रामचन्द्र पौडेल


असोज १५ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले शनिबार विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताए ।

‘संविधानमा मधेसीका अधिकारका विषयमा केही कमी कमजोरी होलान आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौँ,’ उनले भने ।  राजनीतिक दलबीच संविधान कार्यान्वयनको कुरा हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै उनले यसलाई सबै राजनीतिक दल मिलेर समाधान खोज्नुपर्ने बताए ।  नेता पौडेलले संसदीय प्रजातन्त्र नमानेका कारण मुलुकमा अस्थिरता पैदा भएको उल्लेखगर्दै नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउने काम गर्न खोजेको आरोप लगाए । उनले सीमाङ्कनमा जाँदा जिल्लालाई टुक्र्याउन नहुने धारणा राख्दै जिल्लालाई टुक्र्याएर मुलुकमा झन् अस्थिरता सिर्जना हुने बताए ।

प्रतिक्रिया दिनुहोस्