ओलीले भारतीय राजदूतलाई भने, ‘अस्वाभाविक चलखेल स्वीकार्य हुँदैन’


११ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि भारतीय राजदूत रन्जित रायले भेट गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा विहान ११ बजे भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा अध्यक्ष ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेलहरु स्वीकार्य नहुने स्पष्ट पारे ।

त्यस्ता चलखेलहरुले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्नुपर्नेमा अध्यक्ष कमरेड ओलीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्