राजपालाई एमालेको चेतावनीः अराजनीतिक गतिविधि तत्काल नरोके चुप लाग्दैनौं


३० जेठ । नेकपा (एमाले) यही जेठ १४ मा हुने दोस्रो चरणको स्थानीय निर्वाचन कुनै पनि बाहनामा नसार्न सरकारको ध्यानाकर्षण गराएको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पछि जारी विज्ञप्तिमा भनिएको छ– ‘ बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड दिंदै कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रका विरुद्ध सजग रहन आम जनतालाई आह्वान गरेको छ ।’

विज्ञप्तिमै निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुनै पनि कुराप्रति नेकपा (एमाले)को गम्भीर असहमति रहने कुरासमेत उल्लेख गरिएको छ । ‘बैठकले बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि, नेकपा (एमाले), नेपाली कांगे्रस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुका विरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्र्सना गरेको छ,’ विज्ञप्तिमै भनिएको छ ।

एमालेले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । बैठकले सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्दै र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेको छ ।

बैठकले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय  नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउँमा खटाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्