राजविराज घटनामा २ को मृत्यु, मृतक एक बेपत्ता, एकको उपचार हुँदै


२४ फागुन । नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियान बिथोल्न आएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ राजविराजमा झडप हुँदा २ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर, मोर्चाले भने ४ जना मरेको दाबी गर्दै आएको छ ।

मृत्यु हुनेमा पीताम्वरलाल मण्डल र आनन्द साह रहेका छन् । तर, मृत्यु भएको भनिएका सञ्जन मेहता अस्पतालबाटै गायब भएका छन् । उनी कहाँ गए ? भनी अहिले खोजी भइरहेको बताइएको छ । यसैगरी, मोर्चाले मृत्यु भएको भनी दाबी गरेको दिगम्बर यादवको भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

हिजो राजविराजमा भएको घटनाको वास्तविकताबारे बताउन मंगलबार एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको छ । दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्