राजा त्रिभुवनलाई दिल्ली जान नदिएर पाल्पा लैजान सकेको भए भारतले हस्तक्षेप गर्न पाउने थिएन


सशस्त्र लडाइँ लड्नु थियो । त्यसकारण संगठनमा सैन्य शक्तिको आवश्यकता ठानी जनमुक्ति सेनाको गठन गरेँ । हतियारको प्रबन्ध गरेँ अनि उच्च मनोवलका साथ सेनालाई अगाडि बढाउनका लागि म आफू पनि जनमुक्ति सेनाको कमान्डरको हैसियतले हातमा बन्दुक समाती फौजी पोशाकमा युद्ध मोर्चामा रही लडाइँ लडेँ । राणा सेनासँग आमने–सामने गरी लडेको छु । बिराटनगरको लडाइँमा हामीलाई अलि टाढासम्म हान्नका लािग हतियारको आवश्यकता प-यो । त्यसैले दुईओटा लन्चर बनाएँ । एउटालाई धनकुटा पठाएँ, अर्को बिराटनगरमै राखेँ । लन्चरले भनेजस्तो काम गरेन । झाडी फडान गर्ने ट्रयाक्टरलाई बुलेटप्रुफ ट्यांक बनाएँ।

यता श्री ५ भगाइए वा भागे । आखिर जे नहुनु थियो, त्यही भयो । राजा दिल्ली गए । हामीले राजालाई पाल्पा लैजाने सोच गरेका थियौं । दिल्ली गएपछि राजामाथि र हामीमाथि अरु नै हावी भए ।

मैले राणा विरोधी लडाइँमा यस प्रकार लडेको थिएँ । सबै ठाउँमा हामी लडाइँ जित्दै थियौँ । यता श्री ५ भगाइए वा भागे । आखिर जे नहुनु थियो, त्यही भयो । राजा दिल्ली गए । हामीले राजालाई पाल्पा लैजाने सोच गरेका थियौं । दिल्ली गएपछि राजामाथि र हामीमाथि अरु नै हावी भए । हामीले भने अनुसार किन हुन्थ्यो ? हाम्रो योजना मुताविक राजालाई पाल्पा लैजान सकेको भए भारतीय प्रभाव यस तरहको कहिल्यै हुने थिएन, जुन आज पनि हामी सबैले भोग्नुपरेको छ ।

२०१६ मा म निर्वाचित प्रधानमन्त्री भएँ । २०१७ पौष १ गते राजाले हामी सबैलाई समाते र सुन्दरीजलको सैनिक व्यारेकमा बन्दी बनाए । २०२५ मा म जेल मुक्त भएँ । यहाँ बसेर राजनीतिक कामकारवाही गर्न अप्ठेरो भयो । भूमिगतरुपमा हामीले चाहे जस्तो गर्नसक्ने अवस्था रहेन । कम्युनिस्ट साथीहरुले हामीलाई सहयोग गर्नुपर्नेमा राजालाई सघाउन पुगे ।

राजाले मलाई प्रधानमन्त्री हुँदा सोधे— “प्रधानमन्त्रीजी, तपाईंको काठमाडौँमा घर छैन । त्यसैले एउटा घर बनाउनूस् । टंकप्रसादजीहरुले त घर बनाइसके ।” राजाको कुरा बुझ्न गाह्रो भएन ।

राजाले मलाई प्रधानमन्त्री हुँदा सोधे— “प्रधानमन्त्रीजी, तपाईंको काठमाडौँमा घर छैन । त्यसैले एउटा घर बनाउनूस् । टंकप्रसादजीहरुले त घर बनाइसके ।” राजाको कुरा बुझ्न गाह्रो भएन । सबैलाई पैसा दिएर किन्न खोज्दा रहेछन् । मैले राजाको कुरा मान्ने कुरै भएन । त्यसपछि मलाई झनै राजाप्रतिको आस्थामा कमी आउन थाल्यो ।

भारत स्वतन्त्रतामा मैले भारतीयहरुको भन्दा कम योगदान पु-याएको थिइनँ । त्यसैले हिजोको मुक्ति सेनाको सैन्य शक्तिलाई एक ठाउँमा ल्याउनु, तालिम दिनु अनि राजाका सेनालाई परास्त गर्नु हाम्रो अन्तिम लक्ष्य थियो । तर, समस्या पनि भारतमै थियो । भारतकै शक्तिको आडमा राजाले गर्नै नहुने गल्ती गरेका थिए । तथापि, पनि हामीले त्यही देश रोज्यौँ र तयारीमा लाग्यौँ । आठ बर्ष प्रवास, खासगरी बनारसमा बस्दा हामीले पूरा तयारी गरेका थियौँ । हामीसँग भएका सेना र हतियारको दाँजोमा राजाका सेनासँग केही पनि थिएन । हामी अब राजाका सेनासँग लडाइँ लड्ने अन्तिम तयारी गर्दै हतियारलाई बोकेर सीमा नजिक पठाउँदै थियौँ । तर, यो क्रम एक्कासि रोक्कियो ।

बंगलादेशी जनताले दिने धन्यवाद र यो समयको सहयोग यादगार पनि हुन्छ भनेर मैले आफैँले गिरिजाको जिम्मामा सुशील र चक्रलाई दुई ट्रक हतियारसहित बंगलादेश पठाएँ ।

इन्दिरा गान्धीले भनिन्— ‘तपाईसँग भएको हतियार अहिले बंगलादेशी जनतालाई दिनुहोस् । पछि तपाईंलाई हतियारको हतियारै दिन्छु , त्यो पनि अझ बढी ।’ हामीले नदिए त्यो हतियार भारत सरकारले आप्नो कव्जामा लिन पनि सक्छ, मैले शंका गरेँ । आखिर मैले के सोचेँ भने मैले नदिए यिनीहरुले आफैँ लिन्छन् । जे भए पनि बंगलादेशी जनताले दिने धन्यवाद र यो समयको सहयोग यादगार पनि हुन्छ भनेर मैले आफैँले गिरिजाको जिम्मामा सुशील र चक्रलाई दुई ट्रक हतियारसहित बंगलादेश पठाएँ । अब त मसँग हतियार पनि छैन, पैसा पनि छैन । इन्दिरा गान्धी त मलाई सधैँ कमजोर बनाउन चाहन्थिन्, बनाई पनि हालिन् ।

000

इन्दिरा गान्धीले हतियार दिन मानिनन् । उनी भन्थिन्— ‘म सरकारमा रहेर कसरी हतियार दिऊँ ? नत्र बंगालीहरुलाई म आफैँ हतियार दिन्थेँ । किन तपाईसँग भन्थेँ ? त्यसैले म तपाईंलाई एक करोड रुपैयाँ दिन्छु, फेरि किन्नूस् ।’

हामीले राजालाई हटाएपछि त भारतको अभिष्ट पूरा हुँदैन । हाम्रो जित भनेको राष्ट्रको जित, जनताको जित । सबैभन्दा प्रजातान्त्रिक भनिने भारतको चरित्रले नेपाललाई सधैँ ओझेलमा पार्ने कोशिस गरिरह्यो । सिक्किम काण्डले त भारतको छिमेकीलाई हेर्ने दृष्टिकोणमा कुनै शंका बाँकी रहेन । हाम्रो देश अस्थिर बन्यो । राष्ट्रिय संकट पैदा भयो । हामीलाई फेरि हातहतियार खर—खजाना जम्मा गर्न र पहिला जोेडेका हतियारको बक्यौता तिर्न नसक्दा हामीले हवाइजहाज अपहरण ग-यौँ । इन्दिरा गान्धीले हतियार दिन मानिनन् । उनी भन्थिन्— ‘म सरकारमा रहेर कसरी हतियार दिऊँ ? नत्र बंगालीहरुलाई म आफैँ हतियार दिन्थेँ । किन तपाईसँग भन्थेँ ? त्यसैले म तपाईंलाई एक करोड रुपैयाँ दिन्छु, फेरि किन्नूस् ।’ तर रकम दिन्छु भनेर धेरै पटक ढाँटिन्, दिइनन् । निष्कर्षमा भन्ने हो भने तानाशाही बादशाह र उनमा केही फरक थिएन । त्यसपछि संकटकाल लगाइन् ।

000

मैले जे गरेँ, इमानदारीका साथ देश रक्षा र प्रजातन्त्रको लागि गरेँ । कति पटक जेल परेँ, कतिपटक मृत्युसँग जुधेँ । मैले आफैँलाई कहिल्यै माया गरिनँ । मेरो आफनो भन्नु केही छैन । अहिले पनि म भाइको घरमा बसेको छु । यो पनि मलाई थाहा थिएन । सुन्दरीजल जेलबाट मलाई सरासर यहीँ ल्याएपछि थाहा भएको हो । मान्छे भन्छन्— ‘अलि कमजोर हुनुभयो ।’ हुनसक्ला, मेरो शरीर कमजोर पनि भएको छ । मलाई त क्यान्सर रोग छ । मैले कहिल्यै मेरो शरीरको रोगमाथि चासो गरिनँ । मलाई यो क्यान्सरभन्दा देशमा लागेको क्यान्सरले बढी सताएको छ । यो पञ्चायती सरकार क्यान्सर हो । यो त विदेशी मलजलमा हुर्किएको हुँदा हाम्रो हावापानी माटोमा सुहाउँदै सुहाउँदैन । यसै क्यान्सरबाट देशलाई बचाउन म २०३३ पौष १६ गते राष्ट्रिय एकता तथा मेल मिलाप नीति लिई स्वदेश फर्किएँ । फेरि मलाई र गणेशमानजीलाई सुन्दरीजल जेलमै बन्दी बनाइयो । ममाथि सातवटा मुद्दा लगाइएको थियोे । सबै मुद्दामा मृत्युदण्डको माग गरिएको थियो । त्यसैले प्रत्येक मुद्दाको फैसलाअनुसार म सात पटक मारिनु पथ्र्यो । राज्य बचाउने तथा प्रजातन्त्र प्राप्ति गर्ने हेतु मेरो अगाडि मृत्यु आएछ भने त्यसलाई हाँसी—हाँसी वरण गर्नेछु भनेर मैले भन्ने गरेको छु । भौतिक सुख त मैले पहिल्यै छाडिसकेको बस्तु हो । मैले प्रधानमन्त्री भइसक्नु भएका आफ्नै दाजुलाई पनि पार्टीबाट निकालेको छु ।

000

मैले राजासँग दर्शनभेट पाउँदा भनेको थिएँ– “… देश बाँचेन भने सरकार कहाँ जाने ? कुन ठाउँमा जाने ? मेरो त विराटनगरमा खेती छ, केही लागेन भने खेत जोतेर बस्छु । कुनै अर्कोको नागरिक भएर अर्कालाई भोट दिन जान्न । तर, सरकारले के गर्ने ?”

मैले यो कुरा धेरै ठाउँमा भनिसकेको छु । मैले राजासँग दर्शनभेट पाउँदा भनेको थिएँ– “देश बचाउने ठूलो जिम्मेवारी सरकारमा छ । सरकारको आफ्नो स्वार्थले गर्दा पनि देशलाई बचाउनु पर्छ । देश बाँचेन भने सरकार कहाँ जाने ? कुन ठाउँमा जाने ? मेरो त विराटनगरमा खेती छ, केही लागेन भने खेत जोतेर बस्छु । कुनै अर्कोको नागरिक भएर अर्कालाई भोट दिन जान्न । तर, सरकारले के गर्ने ?”

(बी.पी. कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता पुस्तकबाट, )

तस्वीरः मदनपुरस्कार डट ओआरजी

स्रोत् : माइल स्टोन प्रकाशनको प्रकाशोन्मुख्  पुस्तक  “नेपाल भारत सम्बन्ध हिजो आज र भोली”

प्रतिक्रिया दिनुहोस्