रातभरिको गृहकार्यपछि उच्च अदालतमा ८० न्यायाधीश सिफारिस


काठमाडौं । न्याय परिषद्ले सात वटा उच्च अदालतका लागि ८० जना न्यायाधीशको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश निवास बालुवाटारमा शुक्रबार बिहान ४ बजेसम्म रातभरि बसेको परिषद् बैठकले ८० न्यायाधीशको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश अध्यक्ष रहेका ५ सदस्यीय परिषद्मा बार एशोसियसनका तर्फबाट नियुक्त सदस्य रामप्रसाद सिटौलाले भने असहमति जनाउँदै बहिस्कार गरेका थिए । यद्यपि, परिषद्ले आपसी रुपमा भागबण्डा लगाउँदै न्यायाधीशको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । वकिल समूहबाट छानिएका अधिकांश अनुहारमा कांग्रेस र माओवादी केन्द्रले आपसी भागबण्डा गरेका छन् ।

वकिलबाट न्यायाधीशमा सिफारिस हुनेहरुमा गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, वामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, वासुदेव आचार्य, खुसीप्रसाद थारु, मुनिन्द्रप्रसाद अवस्थी, मदन पोखरेल, शान्त सेढाइँ, ध्रुवराज नन्द, दुर्गाबहादुर विश्वकर्मा, टंकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, राकेशकुमार निधि, तेजनारायण सिंह राई, बबिता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, राज्यलक्ष्मी बज्राचार्य, नसरुल्लाह अन्सारी र दीपेन्द्रबहादुर बम रहेका छन् ।

सचिव र सहसचिवबाट न्यायाधीशका लागि सिफारिस भएकाहरुमा महान्यायाधिवक्ता कार्यालयका सचिव राजेन्द्र सुवेदी, न्यायपरिषद सचिव कृष्ण गिरि, बेपत्ता छानबिन आयोगका सचिव महेश शर्मा पौडेल, कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, सहरजिष्ट्रार विपुल न्यौपाने, सहरजिष्ट्रार लेखनाथ पौडेल, कानुन मन्त्रालयका सहसचिव साधुराम सापकोटा र डा. रवि शर्मा अर्याल, नातिबाबु लामिछाने र थिरबहादुर चन्द रहेका छन् ।

पूर्व अस्थायी न्यायाधीशहरुबाट रमेशकुमार पोखरेल, अग्नि थपलिया, ऋषिराम दवाडी, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, नरबहादुर शाही, शान्तिसिंह थापा र यमुना भट्टराई रहेका छन् ।

जिल्ला न्यायाधीशहरुबाट नारायणप्रसाद श्रेष्ठ, नारायणप्रसाद पोखरेल, बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, विनोदमोहन आचार्य, अच्युत विष्ट, भोलानाथ चौलागाई, यज्ञराज भट्ट, शेखरप्रसाद पौडेल, बालचन्द्र शर्मा, ईश्वरराज आचार्य, रामप्रसाद अधिकारी, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, भोजराज अधिकारी, रमेशकुमार खत्री, शेखरचन्द्र अर्याल, शालिकराम कोइराला, दयानाथ खरेल, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तराज डुम्रे, राजेन्द्र खरेल, ठाकुरप्रसाद शर्मा पौडेल, हरिप्रताप केसी, कृष्णबहादुर थापा, अच्युतप्रसाद भण्डारी, ऋषिप्रसाद अधिकारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर र चन्द्रबहादुर सारु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्