राप्रपाका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा


काठमाडौ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेको छ।
देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम भइरहेका बेला सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच केहीबेर तनाव उत्पन्न भएको थियो।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शान्तिपूर्ण धर्ना गर्दा प्रहरीले अध्यक्ष थापालाई १० मिनेट नियन्त्रणमा लिएको र प्रदर्शनकारीले अध्यक्षलाई प्रहरी नियन्त्रणबाट छुटाएको बताए।

प्रतिक्रिया दिनुहोस्