राप्रपाका केन्द्रीय सदस्यसहित नवलपरासीबाट १३ सय ९१ जना एमाले प्रवेश


२८ फागनु । नेकपा (एमाले)ले जारी राखेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा एमाले प्रवेश गर्नेको लहर चलेको छ । शनिबार नवलपरासीको कावसोतीमा आयोजित जनसभामा मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अमरनाथ शर्मासहित १३ सय ९१ जनाले एमाले प्रवेश गरेका छन् ।

राप्रपासँगै नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट पनि एमाले प्रवेश गर्नेको लहर चलेको छ । एमाले प्रवेश गर्ने सबैलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्