राप्रपासँग एक हुने कमल थापाको निर्णय, गाई नछाड्ने


१२ साउन ।  राप्रपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गर्ने औपचारिक निर्णय गरेको छ । साउन ११ र १२ गते बसेको केन्द्रीय कमिटी बैठले यस्तो निर्णय गरेको हो ।

देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने भन्दै एकीकरण गर्ने औपचारिक निर्णय गरेको राप्रपा नेपालले जानकारी दिएको छ ।

‘यस प्रयोजनका लागि दुवै पार्टीका वार्ताटोलीले सहमतिका आधारमा तयार गरेको एकीकरणको नीति र आधारपत्रलाई बैठकले अनुमोदन गरेको छ,’ राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले भने, ‘१६ गते भित्र एकीकरण कार्य सम्पन्न गर्न तथा एकिकृत पार्टीको चुनावचिन्ह गाई कायम गर्ने बारे प्रयत्नशील रहन बैठकले मार्गदर्शन गरेको छ ।’

त्यसैगरी बैठकले सरकारमा पार्टीको सहभागिताको समीक्षा गरेको छ । सामान्य कमिकमजोरीका वावजुद समग्रमा सरकारमा रहेर पार्टीले निर्वाह गरेको निष्कर्ष निकालेको छ । राप्रपा नेपालले राष्ट्रिय स्वाभिमान र स्वाधिनताको सम्बद्र्धन, नेपाली जनताको निर्णायकत्वको रक्षा, राष्ट्रि हितमा आँच नपुराई कुटनीतिक प्रयासबाट अघोषित नाकाबन्दिको अन्त्य, दुवै छिमेकीसँग पारस्परिक समानता र हितमा आधारित सम्बन्धको विकासलाई सकारात्मक उपलब्धी भनेको छ ।

सामान्य कमिकमजोरीका वावजुद समग्रमा सरकारमा रहेर पार्टीले निर्वाह गरेको निष्कर्ष निकालेको छ । राप्रपा नेपालले राष्ट्रिय स्वाभिमान र स्वाधिनताको सम्बद्र्धन, नेपाली जनताको निर्णायकत्वको रक्षा, राष्ट्रि हितमा आँच नपुराई कुटनीतिक प्रयासबाट अघोषित नाकाबन्दिको अन्त्य, दुवै छिमेकीसँग पारस्परिक समानता र हितमा आधारित सम्बन्धको विकासलाई सकारात्मक उपलब्धी भनेको छ ।

‘अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठाको अभिवृद्धिका निम्ति सरकारमा रहेर पार्टीले खेलेको भूमिकाको पनि बैठकले उच्च मुल्यांकन गरेको छ,’ श्रेष्ठले भने, ‘मुलुकको दीर्घकालिन आर्थिक बिकासका निम्ति सरकारले चालेका कदम र कार्ययोजनाको समेत बैठकले सराहना गरेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारबाट प्रभावकारी कार्य भैरहेको अवस्थामा सरकार परिवर्तन हुनु देश र जनताको हितमा नरहेको पनि बैठकले ठहर गरेको छ । ‘सरकार गठन भएको नौ महिनाको बीचमा नै सरकार परिवर्तन हुनुले देशमा पुनः राजनीतिक अस्थिरता बढने, संबिधान कार्यान्वनमा जटिलता खडा हुने, आर्थिक बिकासको गति अवरुद्ध हुने तथा राष्ट्रिय हित र स्वार्थमा आंच पुग्न जाने संभावनाप्रति पनि बैठकले चिन्ता व्यक्त गरेको छ ।

बैठकले देशको विभिन्न भागहरुमा आएको बाढि पहिरोबाट विगत केहि दिनदेखि देशको विभिन्न भागहरुमा भैरहेको ठूलो जनधनको क्षतिप्रति बैठकले दुःख प्रकट गर्दै पीडितहरुलाई तत्काल उद्धार तथा राहत उपलव्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गरेको छ ।

मुलुकमा हाल विकसित राजनीतिक घटनाक्रम र अस्थिरताबाट विखण्डनकारी तत्वले फाईदा उठाउन सक्ने भन्दै त्यसतर्फ ध्यानदिन राप्रपा नेपालले सबैलाई आग्रह गरेको छ । भूकम्प पीडितहरुलाई नीजि आवास निर्माणका निमित्त सरकारले उपलव्ध गराउने रकम बृद्धि गरि तीन लाख उपलव्ध गराउन राप्रपा नेपालले माग गरेको छ ।

संविधानले धर्म परिवर्तनलाई दण्डनीय तुल्याए पनि अझै देशको विभिन्न भागहरुमा संगठित र योजनावद्ध रुपमा लोभ लालच, त्राश र भ्रम सिर्जना गरी धर्म परिवर्तन गराउने तथा सनातन धर्मलाई कमजोर बनाउने कार्य जारी रहेको भन्द धर्म परिवर्तनमाथि नियन्त्रण गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्