राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैँ उद्धारमा खटिएपछि… (चार तस्बिर)


४ मंसिर  ।  सेना–प्रहरी र रेडक्रसका स्वयम्सेवकहरु उद्धारमा खटिएको त हामीले देख्ने र सुन्ने गरेका थियौँ । तर, राजनीतिक दलका नेताहरु स्वयं यसरी उद्धारमा खटिएका दृष्य भने निकै कम देखिन्छन् । शनिबार एउटा त्यस्तै दृष्य देखियो भीमफेदीमा ।  बा ३ च ९२८९ नम्बरको निजी गाडी त्यहाँ दुर्घटनामा परेको थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा भने गृह जिल्ला मकवानपुरबाट काठमाडौँ फर्किदै थिए ।  उनले त्यो दृष्य देखेँ । दुई जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा तीन जना घाइते भए । उनीहरुको उद्धारका लागि अध्यक्ष स्वमं खटे ।

जब थापाले उद्धार गर्दै गरेका तस्बिर राप्रपा नेपालका सह–प्रवक्ता समेत रहेका मोहन श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गरे । त्यसपछि सबैतिरबाट अध्यक्ष थापाको प्रसंशा सुरु भयो ।  काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको त्यो गाडीमा दुर्घटनामा परेपछि आफैँ उद्धारमा खटिएका थापासँग रहेको राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पुष्टी गरे ।

42 5 16

प्रतिक्रिया दिनुहोस्