रामकुमारी झाँक्रीको युरोप–अनुभव


२०६२/०६३ को जनआन्दोलनको मैदानमा ज्यानको बाजी लगाएर खटिएपछि चर्चामा आएकी रामकुमारी झाँक्री अनेरास्ववियुको इतिहासमै पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएर झन् बढी चर्चामा आइन् ।जुझारु नेतृको छवि बनाएकी उनी विद्यार्थी राजनीतिबाट विदा भएपछि स्वाभाविक रुपमा एमालेको राजनीतिमा सक्रिय छन् ।

नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट अत्यधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित झाँक्रीलाई पार्टीले परिभाषित कामको जिम्मा युरोपमा दिएको छ । युरोपमा भएका एमालेका शाखा कमिटी र प्रवासी नेपाली मञ्चलाई चलाउने जिम्मेवारी पाएकी उनले त्यसैको कामको नेतृत्व गरिरहेकी छन् । उनी इञ्चार्ज भएपछि युरोपका पाँच देशमा भेला र अधिवेशन भए । करिब तीन हप्ताको युरोप बसाइपछि नेपाल फर्किएकी झाँक्री आफ्नो युरोप अनुभवबारे पहिलो न्युजसँग यसरी प्रस्तुत भइन् ।

नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट हामी निर्वाचित भयौँ । त्यसको करिब एक वर्षपछि मात्र कार्यविभाजन भयो । हामी त्यतिबेलासम्म काम बिहीन भएर बस्नु पर्ने अवस्था भयो । कार्यविभाजनपछि मैले प्रवास हेर्ने गरी युरोप इञ्चार्जको जिम्मेवारी पाएँ । म गत वर्ष पनि युरोप स्तरको एक भेलामा सहभागी हुन युरोप गएकी थिएँ । त्यतिबेला म करिब सात–आठ दिन मात्र बसेँ । त्यसबेला मैले जर्मनी, स्वीजरल्यान्डलगायतका देशको भ्रमण गरेँ । नेपालमा शक्तिशाली भूकम्प गएको केही समयपछि मात्र मेरो युरोप भ्रमण भएकाले पनि त्यति धेरै त्यहाँ कमिटीहरु गठन गर्ने र संगठन विस्तार गर्ने काम भएन । भेटघाट मात्र भयो ।

मैले जर्मनी, स्वीजरल्यान्डलगायतका देशको भ्रमण गरेँ । नेपालमा शक्तिशाली भूकम्प गएको केही समयपछि मात्र मेरो युरोप भ्रमण भएकाले पनि त्यति धेरै त्यहाँ कमिटीहरु गठन गर्ने र संगठन विस्तार गर्ने काम भएन । भेटघाट मात्र भयो ।

युरोपबाट फर्केपछि पनि म युरोपका साथीहरुसँग निरन्तर सम्पर्कमा रहँदै आएँ । त्यहाँका गतिविधि र संगठनका बारेमा निरन्तर सम्पर्क भइरह्यो । गत मे महिनामा म फेरि युरोप गएँ । म करिब तीन हप्ताको युरोप बसाइमा त्यहाँका विभिन्न देश गएँ । त्यहाँ भेला र अधिवेशन सम्पन्न गरेँ ।

मे ८ तारिखमा बेल्जियम, १५ मा पोर्चुगल र १७ मा हल्यान्डको अधिवेशन सम्पन्न भए । त्यसैगरी २० तारिखमा अस्ट्रियामा भेला सम्पन्न भयो । २१ तारिखमा जर्मनीमा अधिवेशन सम्पन्न भयो ।

पाँच वर्षमा युरोपको संगठनमा धेरै परिवर्तन

मैले करिब तीन हप्ताको बसाइमा युरोपमा नेकपा (एमाले)को संगठन विस्तार र त्यहाँका साथीहरुको राजनीतिक चेतनामा निकै भिन्नता पाएँ । करिब पाँच वर्ष अघिसम्म पनि त्यहाँका साथीहरु पार्टीमा काम गर्न मन दिए पनि सांगठनिक रुपमै आबद्ध भएर काम गर्ने अवस्था थिएन । उहाँहरु काम गर्न चाहनुहुन्थ्यो । तर, कामको व्यस्तता, संगठनप्रतिको बुझाइको कमी जस्ता कारणले संगठन विस्तारले त्यति गति लिन सकेको थिएन ।

मैले औपचारिक रुपमा पार्टीको जिम्मेवारी प्राप्त गर्नुअघि पनि युरोप भ्रमण गरेकी थिएँ । त्यो बेला यति धेरै त्यहाँका कमिटीहरु व्यवस्थित भएको मलाई थाहा थिएन । अहिले साथीहरु त्यहाँ स्थापित भएको मैले पाएँ । राजनीतिक संगठनमा आवद्ध रहेर र नेकपा (एमाले) नै भनेर माया गर्ने साथीहरुको ठूलो संख्या युरोपमा देखेर मलाई निकै गौरव महशुस भयो ।

मैले औपचारिक रुपमा पार्टीको जिम्मेवारी प्राप्त गर्नुअघि पनि युरोप भ्रमण गरेकी थिएँ । त्यो बेला यति धेरै त्यहाँका कमिटीहरु व्यवस्थित भएको मलाई थाहा थिएन । अहिले साथीहरु त्यहाँ स्थापित भएको मैले पाएँ ।

अधिवेशन व्यवस्थित र संगठनको पद्धतिभित्र

यो पटक मैले युरोपका पाँचवटा भेला र अधिवेशनमा सहभागी हुने मौका पाएँ । त्यहाँ भएका भेला निकै व्यवस्थित र संगठनको पद्धति अनुरुप थिए । अधिवेशनअघि नै प्रतिनिधिहरुको टुङ्गो लगाउने, सदस्यता रसिद काट्ने, आफ्ना गतिविधिहरुको चुस्त–दुरुस्त दस्तावेज राख्ने, बन्दशस्त्रमा राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने, लेबी बुझाउने सबै कुरा नेपालका जिल्ला कमिटीहरुको भन्दा पनि व्यवस्थित देखेर मलाई झन् गौरबवोध भयो ।

अन्य पार्टी संगठनलाई पनि सम्मान गर्ने संस्कार

नेपालमा बरु अन्य पार्टी र संगठनलाई सम्मान गर्ने संस्कार निकै कम छ । तर, त्यहाँ हरेक भेला वा अधिवेशनमा अन्य पार्टी र संगठनका नेताहरुलाई पनि मञ्च दिने र सम्मान गर्ने संस्कार अर्को महत्वपूर्ण लाग्यो । प्रवासमा काम गर्ने सञ्चारमाध्यमहरुले पनि प्राथमिकताका साथ ती भेला र अधिवेशनलाई महत्व दिने संस्कार झन् गज्जबको लाग्यो ।

पहिलादेखि नै स्थायी रुपमा बसोबास गर्दै आएका बुद्धिजीवीहरुलाई गर्ने सम्मान, नेपाली कला, संस्कृति र संस्कारको जगेर्ना सबै कुराले मलाई युरोपमा पनि नेपाल भएको अनुभूति भयो । म युरोपका जुन–जुन देश गएँ, त्यहाँ–त्यहाँ नेपाल भेट्टाएँ, नेपाली मन भेट्टाएँ, नेपाली कला र संस्कृति भेट्टाएँ । त्यतिबेला मेरो शीर सगरमाथा जस्तो उच्च भएको अनुभुति भयो ।

नेतृत्वमा प्रतिस्पर्धा

नेतृत्वमा पनि त्यहाँ निकै प्रतिस्पर्धा हुने रहेछ । जनताको बहुदलीय जनवादको संस्कार त्यहाँका संगठनमा आवद्ध साथीहरुले सिकेको देख्दा मलाई म झन् चकित भएँ । मान्छेलाई जोडजाड गरेर कमिटी बनाउने अवस्था त्यहाँ देखिएन । कति ठाउँमा सर्वसम्मत नेतृत्व छनोट भयो भने कतिपय ठाउँमा चुनाव भयो । तर, चुनावमा कति पनि अस्वस्थ्य प्रतिस्पर्धा भएन । पछिल्लो समय पार्टी नेतृत्वले प्रवास कमिटीलाई उच्च प्राथमिकता दिनुको बोध मलाई भयो ।

पहिला पार्टीका जिम्मेवार नेताहरुले विदेश भ्रमणका बेला बाटो पर्दा कमिटी गठन गरेर फर्किने चलन थियो । त्यसले गर्दा प्रवास कमिटी त्यति व्यवस्थित थिएनन् । अहिले विस्तारै त्यो हटेको छ । प्रवास हेर्ने जिम्वेवारीमै अहिले सात–सात जना नेता रहनुभएको छ । त्यसले पनि प्रवास कमिटीको अझ महत्व बढ्दै गएको छ । युरोपकै कुरा गर्ने हो भने त्यहाँका धेरै देशमा हाम्रा बरिष्ठ नेता माधवकुमार नेपाल सन् २०११ मा युरोप पुग्दा बनाएका कमिटी नै रहेको पाएँ ।

मान्छेलाई जोडजाड गरेर कमिटी बनाउने अवस्था त्यहाँ देखिएन । कति ठाउँमा सर्वसम्मत नेतृत्व छनोट भयो भने कतिपय ठाउँमा चुनाव भयो । तर, चुनावमा कति पनि अस्वस्थ्य प्रतिस्पर्धा भएन ।

एक पटकको नागरिक, सधैँको नागरिक

मैले युरोप भ्रमणका क्रममा सबैभन्दा बढी त्यहाँ साथीहरुले नेपाली नागरिकताको निरन्तरताको बारेमा बढी चासो व्यक्त गरेको पाएँ । उहाँहरुको माग ‘एक पटकको नागरिक सधैँको नागरिक’ होस् भन्ने रहेछ । उहाँहरुले आफूहरु विदेशमा रहे पनि मन नेपाली भएको भन्दै सरकारसँग संविधानमै नेपालमा लगानी गर्ने, म नेपाली हुँ भन्ने आधार दिइराख्न आग्रह गर्नुभएको पाएँ । मैले केही हदसम्म उहाँहरुलाई ‘तपाईंहरुको माग संविधानले पूरा गरेको छ’ भनेँ ।

प्रवासी नेपाली मञ्चलाई अझै व्यवस्थित गरौँ

मैले युरोप भ्रमणपछि हाम्रो पार्टीले प्रवासी नेपाली मञ्चलाई अझै व्यवस्थित गर्नु पर्ने देखेकी छु । प्रवासमा बन्ने एमालेप्रति प्रतिवद्ध साथीहरु, उहाँहरुलाई कमिटीमा आवद्ध कसरी गर्ने, उहाँहरुको रोजगारी, उहाँहरुको अवस्था कस्तो छ भन्ने जस्ता सन्दर्भमा पनि गहन छलफल गर्नुपर्ने अवस्था छ ।

विरोधमा मात्र होइन, सिर्जनामा पनि लगाऔँ

अहिले प्रवासमा बसेका नेपाली साथीहरु सिर्जनात्मक काममा भन्दा विरोधको काममा अलिक बढी आकर्षित भएको हो कि भन्ने अनुभव भएको छ । विरोधका गतिविधिमा त्यहाँका साथीहरु निकै छिटो उत्साहित भइहाल्ने अवस्था छ । त्यसलाई सिर्जनात्मक काममा उत्साहित बनाउन कसो गर्नुपर्ला भन्ने बारेमा पनि पार्टीले गहन भएर सोच्नुपर्छ । पार्टीको ‘गाइडलाइन’ भयो भने त्यसमा सुधार हुन सक्छ भन्ने लाग्छ । हाम्रो पार्टीका साथीहरुलाई मात्र होइन, बाहिरका साथीहरुलाई पनि नेपालको पक्षमा लबिङ गर्ने बनाउन आवश्यक छ ।

नेपालप्रतिको दृष्टिकोण

प्रवासी नेपालीहरु नेपालप्रति चिन्तित हुनुहुन्छ । उहाँहरु नेपालमा लगानी गर्न पनि चाहनुहुन्छ । तर, नेपालको लगानी सुरक्षित होला कि नहोला भन्ने चिन्ता उहाँहरुमा देखिएको छ । उहाँहरु व्यक्तिगत वा सामूहिक रुपमा नेपालमा प्रविधि विकासमा पनि लगानी गर्न चाहनुहुन्छ । मैले उहाँहरुलाई ‘तपाईंहरु आउनुहोस्, तपाईंहरुको लगानी सुरक्षित हुन्छ’ भन्ने विश्वास दिलाएकी छु ।

करिब १० प्रतिशत प्रवासी नेपाली नेपालमा राम्रो लगानी गर्न सक्ने हैसियतमा छन् । हामीले उहाँहरुलाई समात्न सक्नुपर्छ । उहाँहरुले मात्र लगानी गर्ने हो भने पनि नेपालले समृद्धिको दिशा कोर्न सक्छ । त्यसका लागि हामीले लगानीका अवसरहरु खोज्न जरुरी छ ।

पार्टीको ‘गाइडलाइन’ भयो भने त्यसमा सुधार हुन सक्छ भन्ने लाग्छ । हाम्रो पार्टीका साथीहरुलाई मात्र होइन, बाहिरका साथीहरुलाई पनि नेपालको पक्षमा लबिङ गर्ने बनाउन आवश्यक छ ।

प्रवासी संगठनको अवस्था

केही वर्ष अघिसम्म त्यहाँ प्रवासी महिला संघ, प्रवासी युवा संघ गठन गर्ने प्रयासहरु भएका रहेछन् । तर, प्रवासी नेपाल मञ्च बाहेकका अरु नामबाट कुनै पनि संगठन खोल्न नपाउने स्पष्ट निर्देशन केन्द्रीय कमिटीले नै दिएपछि र त्यस्तै अपानी जारी भएपछि त्यहाँ त्यस्ता जनवर्गीय संगठन गर्ने भएको देखिएन । वेल्जियमा प्रवासी नेपाली महिला मञ्च निकै सक्रिय भएको पाइयो । त्यो धेरै वर्ष पहिला साहना प्रधान बेल्जियम गएका बेला गठन गरेको संगठन रहेछ । त्यसकारण पनि त्यो कमिटी अहिलेसम्म पनि सक्रिय भएको रहेछ ।

राजनीतिक चेतनाको हिसावले हेर्ने हो भने पनि मैले त्यहाँ निकै उच्च पाएँ । कतै–कतै व्यक्तिको प्रभाव पर्ने बाहेक युरोपका संगठन निकै बैचारिक र राजनीतिक विचारधाराबाट प्रभावित भएको पाएँ । त्यसकारण पनि म युरोप रहेका बेला विभिन्न पाँच देशका भेला र सम्मेलन सर्वसम्मतरुपमा सम्पन्न गर्न सक्यौँ ।

प्रतिक्रिया दिनुहोस्