रामेछापका विद्यार्थीलाई लाईट टु हिमालयको सहयोग


३० मंसिर ।  ‘लाईट टु हिमालय’ले रामेछापको माकादुमस्थित कालिदेवी  प्राथमिक विद्यालयका विद्यार्थीलाई  रु १ लाख ४ हजार बरावरको सामाग्री सहयोग गरेको छ । लाईट टु हिमालयका अध्यक्ष मणि खतिवडाले सो विद्यालयका १ सय ४ विद्यार्थीलाई कापी,कलम, खेल समाग्रीलगायत सहयोग गरेको जानकारी दिए । सोही विद्यालयका १६ जना गरिव तथा बिपन्न विद्यार्थीहरुलाई जाडोवाट बच्नका लागि न्यानो कपडा समेत दिइएको संस्थाले जानकारी दिएको छ ।

ताप्लेजुङमा जन्मिएका  पर्यटन व्यवसायी खतिवडले आफ्नो  आम्दानीको केही रकम र केही सहयोग जुटाएर विकट क्षेत्रका विद्यार्थीलाई सहयोग गर्ने गरेका छन् ।  खतिवडाले ‘सामाजिक उत्तरदायित्व’ अन्र्तरगत बालबालिकाको शिक्षाका लागि ‘लाईट टु हिमालय’को तर्फबाट रकम सहयोग गरेको र भविष्यमा पनि अन्य विद्यालयलाई सहयोग उपलब्ध गराउँने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्