राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउने सिफारिस औचित्यहीनः देउवा


साउन ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नयाँ प्रधानमन्त्री चयनका लागि संविधानमा अपष्ट व्यस्था रहेको भन्दै बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको विषयलाई औचित्यहीन भनेका छन् ।

उनले विगतमा नेकपा (एमाले) का दुई जना प्रधानमन्त्री बन्दा जुन व्यवस्था थियो त्यहि व्यवस्था अनुरुप नयाँ प्रधानमन्त्री चयन हुने भन्दै त्यसको कुनै औचित्य नभएको बताएका हुन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओली बाहिर जति कडा देखिनु हुन्छ त्यति नै भित्रको नरम भएको भन्दै अल्पमतमा परेपछि राजीनामा दिनुको अर्को विकल्प नभएको पनि दाबी गरे ।

‘अल्पमतमा परेपछि सरकार छाड्नुको अर्को विकल्प छैन,’ ओलीविरुद्धको अविस्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘नेपालको सुरक्षा र परराष्ट्र नीति राम्रो हुनुपर्छ ।’ उनले दुबै छिमेकी देशसँग सम्वन्ध राम्रो राख्नुपर्नेमा पनि जोड दिए । उनले संसदमा सम्वोधन गर्दै ओली आफ्नो जेलको मित्र भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्