राष्ट्रपति भण्डारी आजदेखि भारत भ्रमणमा, जाँदा र फर्किँदा सार्वजनिक बिदा


४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ दिने राजकीय भारत भ्रमण आजदेखि हुँदैछ । राष्ट्रपति भण्डारी जाने दिन आज र फर्किने दिन आगामी वैशाख ८ गते शुक्रबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।

भारत भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीका साथै उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरुण जेटलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै बेला राष्ट्रपति भण्डारीले विभिन्न धार्मिक समारोहहरुमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव, सांसदहरु, पूर्वराज्यमन्त्री र पूर्वसांसदहरुका साथै भारतस्थित नेपाली दूतावासका कर्मचारीहरुसमेत सामेल हुनेछन् ।
राष्ट्रपति भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । यसअघि भारतले निम्तो दिए पनि पूर्ववर्ति केपी शर्मा ओली नेतृत्वको

सरकारले भ्रमणका लागि अनुमति नदिएपछि राष्ट्रपति भण्डारीको भारत भ्रमण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्