राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली


काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।यसअघि नेकपाको सचिवालय बैठककै समय पारेर बोलाइएको मन्त्रिपरिषद् बैठक गलत सन्देश जाने भएकाले २ बजेका लागि सारिएको बालुवाटार स्रोतले बताएको । नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित समयअनुसार नै दिउँसो १ बजे बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्